ब्लकचेन स्मार्टफोन फिन्नीे

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७५

स्वीस कम्पनी सिरिन ल्याब्सले ड्युअल स्क्रिनयुक्त ब्लकचेन स्मार्टफोनलाई बजारमा उतार्ने भएको छ । उक्त स्मार्टफोनको नाम फिन्नी राखिएको छ । फक्सकनको सहयोगमा उत्पादन गरिने उक्त स्मार्टफोन आगामी नोभेम्बरसम्ममा बजारमा आउने अनुमान गरिएको छ । 

फिन्नीमा सिरिनमा आधारित एन्ड्रोइड ओरियो प्रयोग गरिनेछ र यसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ९ सय ९९ डलर हुने बताइएको छ । ब्लकचेन प्रविधि अहिले चर्चित बन्दै गएको छ । प्रविधिको माध्यमबाट कारोबार गर्न उक्त प्रविधि निकै सुरक्षित हुने दाबी गरिन्छ । 

मोबाइल प्रविधिलाई थप सुरक्षित बनाउन स्मार्टफोन निर्माता कम्पनीहरू ब्लकचेन प्रविधिको प्रयोगमा लागेका छन् । यसभन्दा पहिले नै एचटीसीले ब्लकचेनमा आधारित स्मार्टफोन ल्याउने घोषणा गरिसकेको छ । 

प्रकाशित :श्रावण ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्