अशोकका कारण चर्चामा टंक

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७५

 

युट्युबमा भाइरल भएका अशोक दर्जीलाई लिएर सामाजिक सञ्जाल तातिरहेको छ । अशोकको गीत रेकर्ड गराएका टंक बुढाथोकीविरुद्ध पत्रकार किशोर श्रेष्ठ तथा श्यामहरि शिवभक्तिले आर्थिक हिनामिनाको प्रश्न उठाएपछि यो विषय चर्किंदै गएको हो । अहिले बुढाथोकीमाथि अशोकको पढाइ छुटाएर बिभिन्न कार्यक्रममा दौडाएको, बाल श्रम शोषण गरेको जस्ता आरोप लगाइएका छन् । पत्रकार श्रेष्ठको स्टाटस तथा त्यसमा व्यक्त गरिएका विभिन्न प्रतिक्रिया :  

गायक टंक बुढाथोकीले अशोकको गीतको पैसा किशोरसँग छ भनेर कसरी भन्न सक्नुभयो ? के अशोकका लागि पढाइको कुनै भ्यालु छैन ? अशोक दर्जीले अरूको गीत गाउनै नहुने हो ? किन रोक्नु ? यो प्रश्न राख्नै नपाउने हो ? अशोक दर्जीलाई टंक बुढाथोकीले चर्चामा ल्याएको कदापि होइन अशोक दर्जीले गर्दा टंक बुढाथोकी चर्चामा आएको हो र यो नै यथार्थ हो ।

किशोर श्रेष्ठ

श्रम शोषण भयो भन्ने कुरा भन्दा पनि अशोकको भबिष्य बनाउनतर्फ लाग्नुपर्छ । अनावश्यक विवाद नगरौं ।

सरोज बस्नेत

मलाई चै बाल शोषण गरे जस्तो लागेन । 

लीला गौतम

हुन त टंक बुढाथोकी कै कारण अशोक दर्जी सम्पूर्ण नेपाली माझ चिनिए । हिजो अस्तिसम्म दुनियाँको सामुन्ने हात थाप्दै हिँड्दा कसैलाई केही सरोकार थिएन । अहिले आएर बालश्रम शोषण भयोभन्दा चै हाँसो लाग्छ । टंक दाइले गरेको यो गुनको कदर गर्छु म पनि । आगामी दिनहरूमा दाइले त्यो भाइको भविष्यका लागि केही सोच्नु हुन्छ भन्ने कुरामा विश्वस्त छु ।

कृष्ण ढकाल

अशोकले टंकलाई चिनाए पनि, टंकले अशोकलाई चिनाए पनि दुबै जना परिचित भए । नेपालीहरूको इज्जत पनि त राखेका छन् । 

प्रकाश सोयोङ

अशोकलाई लाने मान्छेले धन ठूलो सम्झिन्छ । अनि गीत चाहिँ मनबिनाको धन ठूलो कि धन बिनाको मन ? जसले यो गीत गाउन लगायो उसैलाई यो प्रश्नले गिज्याइरहेको छ ।

तेजन खड्का

दर्शकले पनि अशोक दर्जीलाई रमाइलोका रूपमा लिएको देखिन्छ, उनी हिट् छन् । यद्यपि भोलिका लागि पनि सोच्नुपर्छ । 

सरोज खप्तडी बस्नेत

मलाई यो विषयमा त्यति थाहा छैन । यद्यपि यो विषयमा आएको टंक बुढाथोकीको अभिव्यक्ति दिक्क लाग्दो र अपरिपक्व लाग्यो ।

राजन राई 

कस्सम भनेको, मैले अशोक दर्जी भाइकै कारण टंक बुढाथोकी भन्ने दाइलाई चिन्ने मौका पाएको हुँ । दर्जी भाइका कारण धेरै जनाले बुढाथोकी दाइले चिनेका छन् । अशोक भाइकै कारण सबैमाझ चिनिनु भयो टंक दाइ, अब ती भाइमाथि तपाईंले बाल श्रम शेषण गर्नु हुँदैहुँदैन । बरू ती भाइको प्रतिभाको उच्च कदर गर्दै उनलाई विद्यालय पठाउने काम गर्नुपर्छ । अनि भाइको निर्माणाधीन घरको मात्र नभएर अशोक भाइले प्राप्त गरेको हरेक सहयोगको हिसाब किताब प्रस्तुत गर्नुपर्छ । त्यसो गर्नुभयो भने तपाईंमाथि अशोक भाइले लगाएको गुनको केही हिस्सा भाइलाई नै फिर्ता हुनेछ । कि कसो साथीहरू ?

हेम गिरी

कुरा जेसुकै भए पनि आखिर सत्य को नै जित हुनेछ ।

रिता आचार्य

प्रकाशित :श्रावण ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्