गौंथलीले घर भत्काउन रोक्यो

- एजेन्सी

श्रावण ८, २०७५

चीनमा सरकारले भत्काउन लागेको एउटा घर गौंथलीका कारण केही समयका लागि स्थगित गर्नुपरेको छ । जेजिआङ प्रान्तस्थित उक्त घर भत्काउने तयारी गर्दा त्यहाँ गौंथलीले बच्चा कोरलिरहेको देखिएपछि भवन भत्काउने कार्य रोक्नुपरेको हो ।

 पिपुल्स डेलीका अनुसार चराको चिरबिर सुनेपछि कामदारहरूले उक्त घरमा गौंथलीले बच्चा हुर्काइरहेको कुरा थाहा पाएका थिए । भवन भत्काउने कार्यका प्रमुख जु हेनका अनुसार उक्त घरमा गौंथलीले ४ वटा बच्चा हुर्काइरहेको र अर्को गुँडमा ९ वटा अण्डा कोरलेको पाइएको छ । 

गौंथलीलाई हटाउन नमिल्ने हुनाले अब भवन अधिकारीहरूले गौंथलीले सबै बच्चालाई हुर्काएर लगेपछि मात्र भवन भत्काउने जनाएका छन् । यसका लागि प्राविधिकहरूले करिब १ महिना कुर्नुपर्ने भएको छ । 

प्रकाशित :श्रावण ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्