बुद्ध अभियान र संगीत मेरो जीवन

- अनोज रोक्का

श्रावण ८, २०७५

 

 

नेपाली माईकल ज्याक्सनको उपमा पाएका धिरज राई, नेपाली पप संगितका माईलस्टोन हुन् । तिमी रुदा, लुकी लुकी, तिम्रा नयन, जाउ समाउ जस्ता गीतहरु मार्फत नेपाली संगितमा छाएका धिरजले १५ वटा एल्बम निकालिसकेका छन् ।

नेपाली पप संगितलाई सुक्ष्मरुपमा बुझेका उनले पप संगितका धरोहर ओमविक्रम विष्टको वायोग्राफी पनि बनाए । पेशाले आर्किटेक्चर ओभरसियर धिरजको सक्रियतामा काठमाडौको टुाडिखेलमा ५० औँ हजार मानिसहरुले एकसाथ बुद्धको धम्मपद वाचन गरे । उक्त कुरा गिनिज बुकमा रेकर्ड गराउानका लागि सम्पुर्ण कार्यविधी पुरा भएको बताउँछन् उनी । 

‘बुद्ध वाज बर्न ईन नेपाल’को अभियानमा डटेर लागिरहेका छन् धिरज । गायक राईसँग अनोज रोक्काले गरेको कुराकानी ।

हङकङ र धिरज राईको सम्बन्ध प्रगाढ छ हैन ? 

अवश्य हङकङ मेरो सांगीतिक करियरको लागि टर्निङ प्वाईन्ट नै हो । अझ ‘बुद्ध वाज वर्न ईन नेपाल’को यो अभियानलाई लिएर आउँन पाएको छु यसले थप खुसी थपिएको छ । 

तपाईको सांगीतिक यात्रा र ‘बुद्ध वाज वर्न ईन नेपाल’को अभियानलाई कसरी समायोजन गर्नुहुन्छ ? 

वास्तवमा मैले २५ बर्ष पप संगीतमा विताए । संगित मार्फत धेरै जनाको मन पनि जिते । अब संगीतसँगै गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा संसारलाई सुनाउँनु छ । हाम्रो धेरै पहिचानहरु मध्ये गौतम बुद्धको जन्म स्थल नेपाल भन्ने पनि एक हो । पछिल्लो समय भारत लगायत विभिन्न संञ्चार माध्यममा बुद्ध वाज वर्न ईन ईन्डिया भनेको सुन्दा, देख्दा दु:ख लाग्छ, यसलाई पुष्टि गर्न आवश्यक छ । 

 काठमाडौंको टुाडिखेलमा ५०औँ हजार मान्छे जम्मा भएर धम्मपद (बुद्धका वाणीहरु) वाचन गरेको, गिनिज वल्र्ड बुकमा दर्ज भयो ? 

हो, अब हामीले अफिसियलरुपमा प्रमाणपत्र पाउँन मात्र बाँकी छ । भारतको ४६ हजारको रेकर्डलाई तोड्दै हामीले हाम्रो ईतिहास र वास्तविकतालाई अझ विश्वसामु छर्लङ् पार्नका लागि पनि यो प्रमाणपत्रले विशेष भूमिका खेल्नेछ । 

नेपाली चलचित्रमा तपाईको स्वर किन सुनिदैन् ? 

हा... हा... सायद मेरो आवाज नायकहरुका लागि फिट हुदैन कि ? मैले अहिलेसम्म चलचित्रको गित गाएको छैन, सायद यो अवसर नजुरेको पनि होला । तर सबै चलचित्रका गीतहरु म सुन्छु । 

 चलचित्र कतिको हेर्नुहुन्छ ? 

समय खासै पाउँदिन तर, छानेर हेर्ने गरेको छु । 

मन पर्ने नायक नायिका ?

सौगात मल्ल, दयाहाङ् राई, अनमोल केसी, प्रियंका कार्की, श्रृजना सुब्बा र ऋचा शर्मा । 

 अन्त्यमा धिरजलाई आफ्ना मन पर्ने तीन गीत ? 

तिम्रा नयन, लुकी लुकी, वुद्ध वाज वर्न ईन नेपाल । 

 

प्रकाशित :श्रावण ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्