भाईरल तीज गीत
श्रावण ८, २०७५
तीज आउँन अझै केहि समय बाँकी छ । तर, कलाकारलाई भने राम्रैसँग तीज लागि सकेको छ । अहिले स्टुडियो तथा सुटिङ स्पटहरु तीजमय बनिरहेका छन् । यहि मेसो गायिका गायिका उमा श्रेष्ठको तीज गीत सार्वजनिक भएको छ । भाईरल बोलको सार्वजनिक गीत गायिका श्रेष्ठसँगै डीबी लोप्चनले पनि गाएका छन् ।
दीपक शर्माको शब्द/संगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् । उक्त गीतमा प्रकाश खड्काले क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् ।
भाईरलको म्यूजिक भिडियो :
प्रकाशित :श्रावण ८, २०७५


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्