नाच्ने तीज क्विन

- साप्ताहिक संवाददाता

श्रावण ८, २०७५

तीज आउन झन्डै दुई महिना बाँकी छ, टेलिभिजन तथा यूट्युबमा तीज गीतका भिडियोहरू प्रसारण हुन थालिसकेका छन् । अघिल्ला वर्षहरूझैं यो वर्ष पनि ५ सयभन्दा बढी तीज गीतका भिडियो सार्वजनिक हुने अनुमान गरिएको छ । तीज गीतका भिडियोमार्फत हरेक वर्ष एक न एक नयाँ अनुहार तीज क्विनका रूपमा स्थापित भैरहेकी छिन् ।

भिडियोमा आकर्षक नृत्य तथा अभिनय गर्ने महिला कलाकारले त्यस्तो अघोषित उपाधि पाउने चलन छ । यसपटक त्यस्तो उपाधि पाउने सम्भावना मोडल अञ्जली अधिकारीको छ । तीन साता अघिदेखि नै अञ्जलीले अभिनय गरेका तीज गीतका भिडियोहरू सार्वजनिक भैरहेका छन् ।

अबको एक महिनाभित्रमा उनले अभिनय गरेका एक दर्जन तीज गीतका भिडियो सार्वजनिक हुने सम्भावना छ । यतिबेला उनी दिनको एउटा भिडियोमा छायांकनमा व्यस्त छिन् । केही महिनाअघि सार्वजनिक भएको प्रकाश सूपतको ‘बोल माया’ गीतको भिडियो भाइरल भएपछि अञ्जलीको सक्रियता वृद्धि भएको हो । 

 

प्रकाशित :श्रावण ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्