वर्षाका स्वास्थ्य समस्या

- साप्ताहिक संवाददाता

श्रावण ७, २०७५

 वर्षायाममा वातावरण तथा दूषित पानीका कारण अनेक रोग लाग्ने सम्भावना हुन्छ । यति बेला पानी पर्ने भएकाले जीवाणुको विकास तीव्र गतिमा हुन्छ । चिसो लाग्नुका साथै खोकी तथा फ्लुले छिट्टै अतिक्रमण गर्ने सम्भावना हुन्छ । 

 वर्षायाममा दूषित पानी तथा बासी खानेकुराका कारण झाडा पखाला तथा हैजा लाग्न सक्छ । यो रोग पानीको स्रोतमा पाइने जीवाणुबाट फैलन्छ । 

 चिसो, रुघाखोकी तथा फ्लुजस्ता समस्या पनि यही मौसममा बढी देखिन्छ । यो मौसममा घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने तथा खोकी लाग्ने जस्ता समस्या समेत सिर्जना हुन्छ । लामखुट्टेको टोकाइले हुने मलेरिया पनि यही मौसममा देखा पर्छ ।

 वर्षायाममा धेरैजसोले टाइफाइडको सिकारसमेत हुनुपर्छ । साल्मोनिला टाइफी नामक जिवाणुका कारण टाइफाइड हुन्छ । टाइफाइडको जिवाणु दुषित फलफूल तथा पानीबाट सर्छ । 

कसरी सुरक्षित रहने ?

 घर बाहिर निस्कँदा आफूलाई आवश्यक सामग्री अर्थात् छाता, रेनकोट आदि बोक्न बिर्सनु हुँदैन ।

 पोषिलो तथा सन्तुलित खानेकुरा खानुपर्छ । सकेसम्म घरबाहिरका खानेकुरा खानुहुँदैन । भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ । 

 झोल खानेकुरा, सूप बढी मात्रामा पिउनुपर्छ । उमालेर फिल्टर गरिएको पानी प्रशस्त मात्रामा पिउनुपर्छ । 

 खानेकुरा खुल्ला राख्नु हुँदैन । 

 काटेर खुल्ला राखिएका फलफूल तथा स्ट्रिट फुड खानु हुँदैन । 

 हरिया सागपात राम्रोसँग धोएर सफा गरी उमालेर मात्र खानुपर्छ । सलाद खानुपरे बोक्रा ताछेर तथा तातोपानीले धोएर मात्र खानु उपयुक्त हुन्छ ।

प्रकाशित :श्रावण ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्