पोखरामा बोलबमको रौनक

- राजाराम पौडेल

श्रावण ७, २०७५

हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो— साउन । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ । यसरी जलाशयबाट जल ल्याई बोलबम भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिन्छ ।

हरेक सोमबार ८ किलोमिटर यात्रा गर्दै ठूलो भीडले भजन–कीर्तन गर्दा पोखरा बोलबममय भएको छ ।

‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने नाराका साथ केदारेश्वर महादेव मणि सेवाश्रम समितिले बर्सेनि बोलबम कार्यक्रमको आयोजना गरिरहेको छ । पोखरा लेखनाथ महानगरपालिका–१, वगर शुक्लागण्डकीका १०८ धारामा स्नान गरी बैदामस्थित केदारेश्वर मन्दिरस्थित १ सय ८ शिवलिंगमा जलअर्पण गर्दै भक्तजनले बोलबम यात्रा तय गर्छन् ।

बोलबम कार्यक्रम पछिल्ला वर्षमा संस्कृतिका रूपमा विकास हुँदै गएको छ । बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । त्यसैले त पोखराको बोलबम छुट्टै ब्रान्ड बनिसकेको छ । साउन महिनामा नेपालका विभिन्न ठाउँबाट भक्तजन पोखरा आउने गरेका छन् ।

छिमेकी मुलुक भारतबाट समेत बोलबम यात्राका लागि पोखरा आउनेक्रम वृद्धि भएको छ । केदारेश्वर मन्दिर परिसरमा आयोजना हुने कार्यक्रममा विदेशी पर्यटकको सहभागिता समेत देखिन्छ ।

 

 

प्रकाशित :श्रावण ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्