झरीमा के गरेर रमाइलो गर्नुहुन्छ ?

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७५

झम–झम झरी पर्दा वातावरण साँच्चिकै रोमाञ्चक हुन्छ । वर्षाको पानी जब पातमा बजारिन्छ, त्यसको आवाजले मलाई छुट्टै मज्जा दिन्छ । बाल्यकालमा झरीमा भिजेर रमाइलो गरिन्थ्यो, अहिले हेरेर र मन पर्ने खानेकुरा खाएर रमाइलो गरिन्छ ।

पुजना प्रधान, अभिनेत्री

कफीको स्वाद लिँदै गिटार बजाउँदा रमाइलो हुन्छ ।

कमल खत्री, गायक

झरीमा रुझ्नुभन्दा झरी हेरेर मज्जा लिनु रमाइलो लाग्छ । आफूलाई मन पर्ने मदिरासँग मीठा–मीठा परिकारको स्वादमा रमाइलो गर्ने हो, त्यसै मज्जा छ ।

नवीन मानन्धर, अभिनेता

घरमै टिभी हेर्दै मीठा–मीठा परिकार खाएर रमाइलो गरिन्छ ।

सुष्मा कार्की, अभिनेत्री

पानी पर्दा एकदमै रमाइलो लाग्छ । पानी पर्दा प्राय: तातो कफीसँगै मेरो हातमा गिटार हुन्छ । म झ्यालको छेउमा बसेर पानीको छिटाले भिज्दै झरीको मज्जा लिन्छु ।

दीपक ढकाल, अभिनेता

चलचित्र हेर्छु, सकेसम्म नेपाली चलचित्र हेर्छु । बेस्सरी झरी परेका बेला घरमै बसेर नेपाली चलचित्र हेर्दै आफूलाई मन पर्ने परिकारको स्वाद मात्र लिन्नँ, हल्का ड्रिक्ससमेत गर्छु ।

विक्रान्त बस्नेत, अभिनेता

पानी पर्न थालेपछि झ्याल तथा बरन्डाको ढोका खोलेर सुत्दा एकदम आनन्द लाग्छ । निन्द्रा पनि मीठो आउँछ । झम–झम पानी पर्दा ममीले बनाएको पकौडा र चिया खाँदै टिभी हेर्न मज्जा लाग्छ ।

एकनारायण भण्डारी, गीतकार

म भिज्न एकदमै रुचाउँछु । सकेसम्म भिजेर रमाइलो गर्न मन लाग्छ । तातो खानेकुरा, कफीका साथै मन पर्ने अन्य विभिन्न परिकार खाएर रमाइलो गर्छु ।

गोविन्द शाही, कलाकार

झरी पर्दा रोमान्टिक हुँदै घरमै बसेर तात्तातो खानेकुरा खान रुचाउँछु । भुटेको मकै, भटमास चिया अथवा कफीसँग खाँदा मज्जा हुन्छ । घरबाहिर छु भने सकेसम्म भिजेर रमाइलो गर्न मन लाग्छ ।

देवराज गैरे, गीतकार

प्रकाशित :श्रावण ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्