कम उमेरका सगरमाथा आरोही

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७५

हङ्कङका १९ बर्षिय बेन्जामिन चानले सगरमाथा आरोहण गरि हङ्कङमा कम उमेरका आरोहीका नाममा आफ्नो नाम दर्ज गराएका छन् ।  

उच्च माध्यमिक अध्ययन सकिएसँगै विश्वविद्यालयको अध्ययन तयारी थालेका चानले हिमाल आरोहण मार्फत विश्व किर्तिमान कायम राख्ने सपना राखेका थिए । ‘त्यहि सपनाले मलाई सहासिक कार्यमा लाग्न अभिप्रेरित दियो, उत्साहित चान भन्छन् ।’ 

१३ बर्षको उमेरमा पहिलोपटक साहसिक खेल चट्टाने छाँगोबाट हाम्फाल्दा गम्भिर घाईते भएका चानलाई उक्त दुर्घटनाले निराश हैन थप बल प्रदान गऱ्यो । ‘हजारौ पटक लडिन्छ तर जो उठ्ने प्रयास निरन्तर गर्छ उसकै नाम ईतिहासमा दर्ज हुन्छ उनी भन्छन् ।’ 

जापानकी मार्टिन मिनामियाले २० बर्षको उमेरमा सेभेन समिट एक्प्लोरर ग्राण्ड स्लाम पुरा गरि कम उमेरमा सफलता पाउँने किर्तीमानी राखेकी थिईन । हङ्कङकै साउथ आईल्याण्ड स्कुल पठेकी मार्टिनको प्रेरणाले चानलाई हिमाल उक्लन थप प्रेरणा दियो । 

चानले यसभन्दा अघि माउन्ट कोत्सिउज्को (अष्ट्रेलिया) माउण्ट किलिमन्जरो (अफ्रिका) र माउण्ट एकान्काग्वा (दक्षिण अमेरिका) को सफल आरोहण गरिसकेका छन् । 

 

 

 

प्रकाशित :श्रावण ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्