गीतमा परदेशीको पीडा

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७५

नेपालका अघिकांश परिवार रेमेट्यान्समा चलेका छन् । परदेशमा कमाइ गरेर देशमा परिवारको गुजारा चलाउने थुप्रै युवाका आफ्नै खाले पीडा छन् । केहि पीडा समाचार बनेर बाहिर आएका छन् । केहिका पीडा साहित्यका विविध विधाको साहारामा समाजमा देखिएका छन् । 

पछिल्लो समय परदेशको कमाईले घर ब्यवहार बिग्रिएका थुप्रै उदाहरण छन् । त्यहि पीडालाई संगीतकार दीपक शर्माले एक गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द/संगीतमा सार्वजनिक गरेको ‘घर आउँदा छैनिन पियारी’ बोलको उक्त गीतलाई धेरैले मन पराएका छन् । 

अहिले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको उक्त गीतको म्यूजिक भिडियो पनि निर्माणको तयारीमा रहेको शर्माले बताएका छन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन तथा सम्पादन अशोक मल्लको सम्पादन रहेको छ । 

छैनिन् पियारीको लिरिकल भिडियो :

 

प्रकाशित :श्रावण ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्