निता र दीपेन्द्रको जोडी

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७५

 

अभिनेत्री निता ढुंगानाले सञ्चारकर्मी दीपेन्द्र घिमिरेसँग जोडी बाँधेकी छिन् । अभिनयका क्रममा धेरै कलाकारका जोडीका रुपमा काम गरेकी ढुंगानाले यस पालिको तीजका लागि घिमिरेसँग जोडी बाँधेकी हुन् । उनीहरुलाई जोडीका रुपमा प्रस्तुत गर्ने काम प्रकाश भट्टले गरेका हुन् ।

प्रकाश भट्टले निर्देशन गरेको मञ्जु पौडेलको तीज गीतमा नीता र दीपेन्द्रको जोडी देख्न सकिन्छ । प्रस्तुत गीतमा गायिका पौडेलसँगै सन्तु थापाले स्वर दिएका छन् । गीतमा शिव हमालको शब्द, पवित्रा सर्तुङ्गे मगरको संगीत र आशिष अविरलको संगीत संयोजन रहेको छ ।

केहि आधुनिक तथा लोकगीतका म्यूजिक भिडियोमा अभिनय गरेका दिपेन्द्रले पहिलो पटक तीज गीतको म्यूजिक भिडियोमा अभिनय गरेको बताएका छन् । अविवाहित यि सञ्चारकर्मीले आफ्नो लागि ब्रत बसेकी श्रीमतीका लागि नाचेको अभिनय गरेका छन् । 

 

भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन छ । गीत र भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो ।

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :श्रावण ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्