नाफा कि घाटा

- साप्ताहिक संवाददाता

श्रावण ४, २०७५

यतिबेला एउटा नेपाली चलचित्रको छायांकन अस्ट्रेलियाका आकर्षक लोकेसनहरूमा भैरहेको छ, जसको एउटा महत्वपूर्ण भूमिकाका लागि अभिनेता सलोन बस्नेत अनुबन्धित भएका थिए । चलचित्र ब्रेकअपको नेपालमा भएको छायांकनमा सहभागिता समेत जनाएका सलोन अस्ट्रेलियाको छायांकनमा भने सहभागी भएनन् । 

काठमाडौंमा सलोनले निर्वाह गरेको भूमिका अस्ट्रेलियामै बसोबास गर्ने नेपाली युवक आमोश शर्माले निर्वाह गरिरहेका छन् । सलोनको रहर यसअघि गाजलु निर्माण गरिरहेका निर्माता रोहित अधिकारी तथा निर्देशक हेमराज बिसीको क्याम्पबाट अलग हुने पक्कै होइन । सलोनलाई नेपालमै छाडेर अस्ट्रेलियामा अर्कै कलाकार राख्ने चाहना पनि निर्माण पक्षको होइन । भएको चाहिं के हो त ? 

हालैको एक समारोहमा अभिनेता बस्नेतले आफू चलचित्र यात्राको छायांकनमा व्यस्त भएकाले भिसा आएर पनि अस्ट्रेलियाया नगएको तथा सहमतिमै चलचित्र छाडेको बताएका थिए । यता निर्माण पक्षले भने सलोनको अधिकांश दृश्य अस्ट्रेलियामै छायांकन गर्नुपर्ने बताएको थियो । उनी अस्ट्रेलिया जान नपाउनुको मुख्य कारण उनको ‘बायोम्याट्रिक टेष्ट’ हुन नसक्नुलाई मानिएको छ । उक्त टेष्टका लागि सलोनले समय दिन नसक्नु तथा उक्त टेष्ट बिना भिसा नपाउनुलाई नै सलोन उक्त चलचित्रबाट अलग हुने कारण बताइएको छ । 

प्रकाशित :श्रावण ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्