नयाँ शैलीमा गाउँगाउँबाट उठ

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७५

श्याम तमोटको रचना र संगीतमा गायक रामेश, रायन, मञ्जुललगायतले गाएको ‘गाउँ गाउँबाट उठ...’बोलको गीत अब नेपथ्य ब्यान्डको भर्सनमा सुन्न सकिनेछ । समूहले हालै यसको भिडियो पनि सार्वजनिक गरेको छ । तमोटले लेखेको ‘संकल्प गीत’ का रूपमा लोकप्रिय सिर्जनालाई ब्यान्डले लामो समयदेखि आफ्ना कन्सर्टमा सुनाउँदै आएको थियो ।

विशेषगरि तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित गरेको थियो ।तर, जनस्तरमा चाहिँ यसको लोकप्रियता चुलिँदै गयो । २०४६ र २०६२ सालको जनआन्दोलनहरुमा यो गीत जताततै बजेको थियो ।

ब्यान्डले आइटयुन, गुगलप्ले र स्पोटिफाईजस्ता ‘भर्चुअल स्टोर’ बाट गीत सार्वजनिक गरेको छ । ब्यान्ड व्यवस्थापक नेपालयलको विज्ञप्तिअनुसार नेपथ्यको दसौं एल्बममा यो गीत समेटिनेछ । भिडियोमा ब्यान्डको स्टेज कार्यक्रमका दृश्यको कोलाज देखाइएको छ । 

 ‘नेपथ्यले यस गीतलाई शान्ति र शिक्षा अभियानमा प्रयोग गरेको देख्दा म असाध्यै प्रभावित भएको छु,’ गीतकार तमोटलाई उद्धृ्रत गर्दै नेपालय भन्छ, ‘उनीहरूको संगीत प्रस्तुत गर्ने मौलिक तरिकाले यो गीतलाई अझ फराकिलो श्रोता घेरामा पुग्न मद्दत गरेको छ ।’

नेपथ्य शैलीमा गाउँगाउँबाट उठ :

प्रकाशित :श्रावण ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्