दरबारिया पोशाकमा सुश्री सम्पत्ति

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७५

 

भदौ २२ देखि प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ को ‘हुकुम...’ बोलको गीत छायांकन भएको छ । गीतमा दरबारिया नाच प्रस्तुत गरिएको छ । पात्रका भेषभूषालाई पनि त्यही ढाँचामा ढालिएको छ ।

गीतमा चलचित्रका शिर्ष कलाकार सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचरिङ छन । उनीहरूलाई कोरसले साथ दिएका छन् । गम्भीर विष्टले नृत्य निर्देशन गरेको उक्त गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । गीतमा विशाल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

एउटी धनी युवतीको खोजीमा निस्किएका बेरोजगार युवाहरूको कथाव्यथा समेटिएको यो चलचित्र सुव्रत आचार्यले निर्देशन गरेका हुन् । गीतको भिडियो पाटन दरबारलगायतका दरबार झल्कने पृष्ठभूमिमा खिचिएको छ ।

चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनीता श्रेष्ठ ठकुरीलगायतका कलाकारले अभिनय गरेका छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको पटकथा अभिमन्यु निरवीले लेखेका हुन् ।

प्रकाशित :श्रावण ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्