विवाहपछिको पहिलो साउन

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७५

म व्रत पूजापाठ गरेर भन्दा सत्कर्म र असल व्यवहारबाट भगवान् प्राप्त गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्छु । त्यसैले साउनमा विशेष पूजा वा व्रत बस्ने छैन तर विवाहपछिको पहिलो साउन भएकाले अरू बेलाभन्दा पक्कै केही फरक काम गर्नेछु । मलाई चुरा–टीकाको निकै सोख भएकाले श्रीमान्ले दिएको हरियो चुरापोते एवं टीका लगाएर श्रृंगार गर्नेछु । भर्खरै विवाह भएकाले घर एवं पारिवारिक भेटघाटमै समय बिताउनेछु । 

प्रज्ञा सुवेदी, उद्यमी

म अहिलेसम्म साउनको कुनै व्रत बसेकी छैन, तर विवाह भएको पहिलो वर्ष भएकाले साउने सोमबारभर शाकाहारी भएर शिवजीको पूजाआजा गर्ने सोच छ । आफू जति आधुनिक भए पनि धर्म–संस्कृतिलाई फलो गर्नुपर्छ, त्यसैले साउनभरि कलरफुल पहिरनमा हिँड्छु । 

आयुषा कार्की, मिस टिन तथा ज्वेलरी डिजाइनर 

साउनको आभाष असारदेखि नै हुन थालिसकेको छ । विवाह भएको वर्ष भएको हुँदा साउनमा हल्का हरियो पहिरन, एक्सेसरिज आदि किन्नेदेखि साउन एक महिना माछा, मासु नखाने योजना छ । साउनमा हरियो पहिरन, चुरा, टीका आदि लगाएर मठ मन्दिर गएको दृश्य सार्‍है रमाइलो लाग्छ । यद्यपि म भोकै व्रत बस्ने पक्षमा भनेछैन ।

अशिष्मा नकर्मी, अभिनेत्री

आमाले साउने सोमबार चोखो खाएर, लाएर मन्दिर गएको कुरा सानैदेखि देख्दै आएकी छु । म पनि विवाहपछि आमाले जस्तै चोखो खाना खाने, पूजापाठ गर्ने तथा हरियो कम्बिनेसनमा हिँड्ने योजनामा छु । हिन्दू शास्त्रअनुसार यो व्रत श्रीमान्को दीर्घायुका लागि बसिन्छ । म यो महिना चाहिँ चोखो खानपिनमा ध्यान दिने सोचमा छु ।

आस्था बी, गायिका

यो साउन त हाम्रा लागि विशेष नै छ । किनभने यो हाम्रो प्रेमको आठौं एनिभर्सरी पनि हो । विवाहपछिको पहिलो साउन भएकाले म व्रत पनि बस्ने योजनामा छु । आफूले रोजेको नै शिव पाएकोमा भगवान् शिवलाई धन्यवाद दिने तयारीमा छु । 

नीलम भारती, विद्यार्थी

प्रकाशित :श्रावण ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्