मलिनाको गुनासो

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७५

अभिनेत्री मलिना जोशीले बडो अनौठो शैलीको गुनासो गरेकी छिन् । उनको यो गुनासो सञ्चारमाध्यमदेखि आफैंसँग समेत हुनसक्छ । हालै आयोजित एक समारोहमा अभिनेत्री जोशीले आफू अहिले सिंगल रहेको दावी मात्र गरिनन्, प्रेमको चर्चाकै कारण आफू सधैं सिंगल रहनुपरेको गुनासोसमेत गरिन् । 

कुनै बेला मलिनाको नाम अभिनेता अनुपविक्रम शाहीसँग जोडिन्थ्यो । अफेयरले ब्रेकअपको रूप लिएपछि मनिलाले आफू सधैं अनुपको शुभचिन्तक रहने स्पष्ट पारेकी छिन् । यतिबेला मलिनाको नाम युवा अभिनेता सारुक ताम्राकारसँग जोडिएको छ । 

चलचित्र ‘रानी’ मा सँगै काम गरेकाले पनि उनीहरूको नाम जोडिएको हो । मलिना र सारुक आफैंले आफ्ना घुमघामका तस्बिर सार्वजनिक गरेपछि उनीहरू अफेयर छन् भन्ने चर्चा चलेको हो । यद्यपि, मलिनाले सारुक आफ्नो असल साथी मात्र भएको दाबी मात्र गरिनन्, कुनै न कुनै पुरुषसँग प्रेममा रहेको चर्चाका कारण आफू सधैं सिंगल रहनु परेको गुनासो समेत गरिन् ।  

 

प्रकाशित :श्रावण ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्