एकै ठाउँमा पारस र हिमानी

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७५

 

मानिसको योग्यता र क्षमता यस्तो हतियार हो, जसले जिन्दगीमा अभाव र समस्याबाट मुक्ति दिलाउन सक्छ ।’ सोमबार साँझ  पूर्वयुवराज्ञी हिमानी शाहले छोरी पूर्णिकासहित एउटा आकर्षक तस्बिर आफ्नो फेसबुक पेजमा अपलोड गर्दै यही स्टाटस पोष्ट गरिन् ।

तस्बिरमा आमा–छोरी नै होटलको सेफको पहिरनमा छन् । नेपालगन्जस्थित होटल सोल्टीको भान्सामा खिचिएको उक्त तस्बिरमा दुवै जनाको हातमा ‘इसेन्स अफ बेकिङ एन्ड पेस्ट्री’ पुस्तक पनि छ, अर्थात् हिमानी तथा पूर्णिका केक बनाउने तयारीमा छन् । 

साप्ताहिकलाई प्राप्त केही तस्बिरमा पूर्वयुवराज्ञी हिमानीले होटलका सेफहरूसँग केक बनाउने विधिका सम्बन्धमा जानकारी हासिल गरिरहेको देख्न सकिन्छ । साप्ताहिकलाई तस्बिरहरू उपलब्ध गराउने पुकार अर्यालका अनुसार हिमानी तथा पूर्णिकाले होटलमा दुई दिन बेकरीको प्रशिक्षण लिएका थिए । त्यस क्रममा उनीहरूले चीज केकसहित अन्य केही रेगुलर केक बनाएका थिए ।

 प्राप्त जानकारीअनुसार पूर्वराजपरिवारका सदस्यहरूसहित पूर्वराजा ज्ञानेन्द्र अघिल्लो साता नेपालगन्ज पुगेका थिए । नेपालगन्ज पुगेपछि उनीहरू विमानस्थलबाट झन्डै तीन किलोमिटरको दूरीमा रहेको होटल सोल्टी पुगे । पूर्वराजा ज्ञानेन्द्रसँग पूर्वयुवराज पारस, युवराज्ञी हिमानी तथा छोरा–छोरीहरू पनि थिए ।

परिवारका सबै सदस्य होटल सोल्टीमै बसे पनि पारस भने सिद्धार्थ होटलमा सुतेको स्रोतले जनाएको छ । दुई रात बाहिरै सुतेपछि तेस्रो रातदेखि पारस पनि सोल्टी होटलमै आएर बसेको स्रोतले उल्लेख गरेको छ । यद्यपि सँगैको उक्त बसाइका क्रममा पारस र हिमानीबीच कस्तो सम्बन्ध रह्यो स्पष्ट हुन सकेको छैन । यसलाई छोरा–छोरीहरू सँगैको पारिवारिक यात्रा बताइए पनि यो हिमानी र पारसलाई जोड्ने प्रयास पनि हुनसक्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन ।

 

 

प्रकाशित :श्रावण ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्