पातलीमा अल्झेका हेमन्त शर्मा
श्रावण २, २०७५
सामान्यतया यो समय गीत संगीतको समय हो । वर्षायामको यो भेलले कयौं नयाँ गायक/गायिका जन्माउँने गरेको छ । फेरि यहि समयले कतिपय चलेका गायक/गायिकालाई पाखा पनि लगाउने गरेको छ । बढी जसो चाडपर्व विशेष गीतसंगीतले बजार तताउँने यो समयमा फरक खालका गीत संगीतले बजार पाउँन अलि गाह्रै हुन्छ । तर, यहि समय जोखिम मोलेरै आफ्नो नयाँ गीतको म्यूजिक भिडियो सहित सार्वजनिक भएका छन्– गायक हेमन्त शर्मा ।
प्राय फरकपनका गीतसंगीत गर्न रुचाउने शर्मा यसपटक भने पातलीको मायामा चुर्लुम्म डुबेका छन् । गायक शर्माले गीतको म्यूजिक भिडियोमा यहि भावमा अभिनय समेत गरेका छन् । आफ्नै शब्द/संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई यस पटक भने अहिले चर्चामा रहेकी मोडल एलिसा राईले साथ दिएकी छिन् ।
प्राय आफ्ना गीतका म्यूजिक भिडियोमा आफै अभिनय गरेका शर्माले पहिलो पटक सोझो गाउँले युवाको भूमिका निर्वाहा गरेका छन् । उनले यस अघिका म्यूजिक भिडियोमा नेपालका चल्तिका प्राय अभिनेत्रृसँग अभिनय गरिसकेका छन् । गीतमा श्यामश्वयत रसाईलीको संगीत संयोजन रहेको छ ।
शर्मा आफैले निर्देशन गरेको ‘पातली कै मयाँ लाउनी’को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । पालतीको म्यूजिक भिडियो गायक शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
पातलीको म्यूजिक भिडियो :
प्रकाशित :श्रावण २, २०७५


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्