मिस टिन युनिभर्सल

- साप्ताहिक संवाददाता

श्रावण १, २०७५

राजधानीमा सम्पन्न ‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीले उचालेकी छिन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शिर्ष बिजेता बन्न सफल भएकी हुन् । 

प्रतियोगितामा अप्सना दाहाल फष्टरनर अफ र स्प्रिना लामा सेकेन्ड रनरअप घोषित भए । दाहालले बेष्ट डान्स र मस्ट फ्रेण्डी उपाधि हातपर्दा लामा मिस ट्यालेन्ट र बेष्ट स्पिच बिजेता बनिन् । कार्यक्रममा मोनालिसा थापा मगरले मष्ट पपुलर, मष्ट फिटनेश र फेसबुक च्वाइस गरेर तीन उपाधि हात पारिन् ।

ग्ल्याम वल्र्ड इन्टरटेन्टमेन्ट प्रा.लीका लागि आशिष मिश्र आयोजक रहेको प्रतियोगितामा करिब आधा दर्जन उपबिजेता छानिएका थिए । 

अश्विनी कान्त झा कोरियोग्राफर र आकाश गिरी कार्यक्रम संयोजक रहेको प्रतियोगितामा गायक सिताराम पोखरेल, डा. राज्यश्री श्रेष्ठ, मिसेस नेपाल ग्ल्याम बिजेता अलाइजा महर्जन, अभिनेत्री रेजिना उप्रेती, डा. सुमित्रा अर्याल, निर्देशक राजु केसी लगायत निर्णायक रहेका थिए । 

प्रकाशित :श्रावण १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्