५० राष्ट्रसँग प्रतिष्पर्धा गर्दै युनिता

  • मिस वल्र्ड डाइभर्सिटी २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै

- साप्ताहिक संवाददाता

श्रावण १, २०७५

 

दुबईको वर्ग स्थित अरेबिया पार्क होटेलमा जुमिङ इभेन्टद्धारा आयोजित मिस वल्र्ड डाइभर्सिटीमा नेपालको तर्फबाट युनिता खत्री सहभागी हुने भएकी छिन् । उनले उक्त प्रतियोगीतामा ५० राष्ट्रका युवतीसँग प्रतिस्पर्धा गर्ने छिन् । 

युनिता यस अघि मिस ई–कलेजमा दोस्रो रनर अप भएकी थिइन भने मिस राजधानीबाट मिस वल्र्डको ताज पहिरिन सफल भएकी उनलाई  सोही मञ्चबाट  मिस वल्र्ड डाइभर्सिटीका लागि चुनिएको हो । 

 मिस वल्र्ड डाइभर्सिटीमा उत्कृष्ट प्रदर्शनको लागि जुमिङ इभेन्टले युनिताको छनौट पछि प्रतिभामा निखार ल्याउन विभिन्न प्रयोगात्मक प्रशिक्षण दिदै आएको छ । 

यस इभेन्टमा संस्कृति, प्रतिभा त्यस्तै र्‍याम वाक समेत गरी विभिन्न चार शीर्षकमा प्रतियोगिता हुनेछ । उनी भन्छिन्– ‘प्रतिस्पर्धामा जीत र हार त छँदै छ अन्र्तराष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु नै सौभाग्यको कुरा हो ।’ 

फेसन उद्योगमा युनिताको तीन वर्षे यात्रा एस.एल.सी परीक्षा सकिए पछि सुरु भएको हो । युनिग्लोब कलेजमा सूचना प्रविधि सङ्कायको प्रवीणता प्रमाण पत्रतहमा अध्ययनरत यी नव प्रतिभा सफ्टवेयर प्रोग्रामिङमा विशेष अभिरुचि राख्दै आफ्नो फेसन क्षेत्रमा प्रेरणको स्रोत मिस नेपाल माल्भीका सुब्बालाई लिने गर्दछिन् । 

प्रकाशित :श्रावण १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्