झमकबहादुरको नयाँ ट्रेलर

- साप्ताहिक संवाददाता

असार ३२, २०७५

 

केही समयअघि पहिलो ट्रेलर सार्वजनिक भए लगत्तै ‘मुम्बई एक्सप्रेस’ को कपी भनेर निकै आलोचना खेपेको चलचित्र ‘झमकबहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको नयाँ ट्रेलरले यो चलचित्र कमेडी जनरामा आधारित भएको अनुमान गर्न सकिन्छ ।

चलचित्रका निर्देशक भोमन कटुवालले यो चलचित्र नेपाली परिवेश सुहाउँदो आफ्नै मौलिकतामा आधारित हास्य प्रधान भएको दावी गरेका छन् । आफ्नो चलचित्र कुनै पनि दृष्टिकोणबाट हिन्दी चलचित्रको नक्कल नभएको उनको दावी छ । चलचित्रमा सुन तस्करी, लुटपाट तथा अपहरणलाई मुख्य बिषयवस्तु बनाइएको छ ।

यो चलचित्रमा अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन मर्हजन तथा र सुजाता थापाको मुख्य भूमिका छ । चलचित्रमा ओम सुनारको संगीत छ भने किरात राईको द्वन्द्व निर्देशन छ । 

मिन कुमार तामाङ तथा कोपिला कुमारी डल्लाकोटीले यो चलचित्र निर्माण गरेका हुन् । पवन गौतमद्वारा छायांकन गरिएको यो चलचित्र यही साउन १८ गतेदेखि प्रदर्शन हुँदैछ । 

झमकबहादुरको ट्रेलर :

प्रकाशित :असार ३२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्