मोबाइलमा पनि एयरब्याग

- साप्ताहिक संवाददाता

असार ३१, २०७५

 

कार दुर्घटना भए त्यसमा यात्रुलाई सुरक्षित राख्ने एयरब्याग प्रयोग गरिन्छ । यस्तै प्रकारको एयरब्याग अब मोबाइलमा पनि प्रयोग हुने भएको छ । जर्मनीको एलेन युनिभर्सिटीका विद्यार्थी फिलिप फ्रेन्जेल तथा उनका साथी पिटर मेयरले उक्त एयरब्याग निर्माण गरेका हुन् । 

उनीहरूले यसका लागि जर्मनीको म्याकट्रोनिक्स सोसाइटीबाट पुरस्कारसमेत प्राप्त गरेका छन् । यो मोबाइल एयरब्याग वास्तवमा एक प्रकारको इन्टेलिजेन्ट केस हो । उक्त केसमा स्प्रिङयुक्त ८ वटा आर्म हुन्छन् । कुनै प्रकारले स्मार्टफोन भुइँमा खसे ती आर्म बाहिर निस्कन्छन् र मोबाइललाई फुट्नबाट जोगाउँछन् । 

प्रकाशित :असार ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्