अमेरिकामा वल्र्ड फिल्म फेष्टिभल हुने

- साप्ताहिक संवाददाता

असार ३०, २०७५

अमेरीकाको लस एन्जल्समा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । यसपटक हुन लागेको उक्त फेस्टिभल अक्टोबर २५ देखि २७ सम्म हुने आयोजकले जनाएको छ ।

नेपाली फिल्म तथा फिल्ममेकरले आफुले वनाएका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रि लगायत सहभागी गराउन सक्ने फेष्टिभलका अमेरीका स्थित नेपाली फिल्म संयोजक सुनिल रावलले बताए । उनले भने, ‘राम्रा नेपाली फिल्मलाई प्राथमिकता दिइने छ, सहभागी ईच्छुकले चाडै जानकारी गराउनुहोला ।’

फेष्टिभलमा नेपाली संस्कृति झल्किने फिचर फिल्म, सर्ट फिल्म तथा खास कथामा निर्मित डकुमेन्ट्रिलाई विशेष प्राथमिकता दिइनेछ । उक्त फिल्म फेष्टिभलमा नेपाली फिल्म संयोजन तथा छनौट हार्दिक मिडिया प्रालीका अध्यक्ष तथा कान्तिपुर फिल्म एकेडेमिका निर्देशक दयाराम घिमिरेले गर्ने भएका छन् । उक्त फेष्टिभलमा नेपालको कला तथा संस्कृति झल्काउने कल्चरल प्रस्तुतीको संयोजन निर्माता एवम् बितरक गोबिन्द शाहिले गर्ने बताईएको छ ।

फेष्टिभलमा सहभागितको लागी अक्टोबर १५ सम्म सम्बन्धित व्यक्तिहरुले आफ्ना सामाग्री बुझाइसक्नु पर्नेछ । छनौट भएका सामाग्री अक्टोबर २५ मा अमेरीकाको लसएन्जलसमा प्रर्दशन गरिनेछ ।

 

प्रकाशित :असार ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्