विश्वकप फुटबलको फाइनल कसरी हेर्ने तयारी गर्नुभएको छ ?

- साप्ताहिक संवाददाता

असार ३०, २०७५

 

साथीहरूलाई घरमा बोलाएर रमाइलो गर्दै हेर्ने योजना छ । 

टंक तिमल्सिना, गायक 

फाइनल खेल हो, त्यसैले कतै एउटा शान्त रेस्टुराँमा गएर चिसो बियर पिउँदै हेर्ने तयारीमा छु । 

स्यारोन रेग्मी, मोडल

विश्वकप फुटबल फाइनल १५ जुलाईमा पर्छ, त्यति बेला आर्थिक वर्षको अन्त्यका कारण दौडधूप हुन्छ । तैपनि फाइनल खेल एकजना साथीको घरमा बसेर हेर्ने विचार छ । यसपालि ब्राजिल हारेपछि नमज्जा भयो । यद्यपि अब कुनै तनाव छैन, किनभने आफूले समर्थन गरेको टिम फाइनलमा छैन, त्यसैले जुन टिमले जित्यो त्यो नै आफ्नो टिम हुनेछ । 

अनिलकेशरी शाह, बैंकर्स 

अहिलेसम्मका खेल घरपरिवारका साथमा हेरियो । फाइनल एकदमै रोचक र तीव्र प्रतिस्पर्धाबीच हुने भएकाले नजिकका साथीभाइहरूसँग बसेर रमाइलो गर्दै प्रोजेक्टरमा हेर्ने तयारी गरेको छु ।

प्रल्हाद सुवेदी, गीतकार 

साथीभाइहरूसँग रेस्टुराँमा बसेर रमाइलो गर्दै हेर्ने विचार छ । 

रेखा थापा, अभिनेत्री

यसपालि म बिरामी भएर घरमै भएकाले एक्लै विश्वकप हेरिरहेको छु । 

शिव परियार, गायक 

आफूले समर्थन गरेको टिम फाइनलमा छैन, तैपनि साथीहरूसँग घरमै बसेर हेर्ने तयारी गरेको छु । 

अञ्जली अधिकारी, मोडल

आफूले समर्थन गरेको टिमले हारिहाल्यो, त्यसैले फाइनल हेर्ने त्यस्तो खासै मुड छैन । 

इष्टु कार्की, रंगकर्मी

त्यस्तो खासै तयारी छैन, घरपरिवारसँगै बसेर हेर्छु । 

सरिता लामिछाने, अभिनेत्री 

ब्राजिल आउट भयो त्यसैले फाइनल हेर्ने कुनै तयारी गरिसकेकी छैन । 

वर्षा राउत, अभिनेत्री 

परिवारसँग बसेर रमाइलो गर्दै, हुटिङ गर्दै फाइनल खेल हेर्ने तयारीमा छु । 

पूर्णकला बीसी, गायिका 

चार वर्षमा आउने विश्वकप फुटबलको महाकुम्भलाई हर कोहीले सम्झनालायक बनाउन चाहन्छन् । त्यस्तै म पनि आफूलाई मन पर्ने टिमलाई समर्थन गरेर साथीहरूसँग रमाईलो गर्दै फाइनल खेल हेर्ने तयारीमा छु ।

सृष्टि खड्का, मोडल 

म अहिले अमेरिकामा छु, त्यसैले यसपालिको विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा भएका साथीभाइ तथा आफन्तहरूसँग बसेर हेर्नेछु । 

अञ्जु पन्त, गायिका 

एकदम एक्साइटमेन्टका साथ बेल्जियमको समर्थन गर्दै साथीभाइहरूसँग बसेर हेर्ने योजना छ ।

 सुदर्शन थापा, निर्देशक 

यसपटकको वल्र्डकप राम्रोसँग हेर्न पाएकी छैन । फाइनलचाहिँ परिवारसँग बसेर हेर्ने तयारीमा छु । चार वर्षमा एकपटक हुने फुटबलको महाकुम्भ विश्वकप फुटबलको फाइनल साथीहरूसँग ठूलो पर्दामा हल्ला गर्दै हेर्ने तयारीमा छु । 

सूर्य चन्द, सञ्चारकर्मी

साथीहरूसँग, विथ ड्रिंक्स, साह्रै रमाइलो फिल हुन्छ, समय बितेको पत्तै हुँदैन । आखिर चार वर्षमा आउने महान् पर्व हो— विश्वकप फुटबल । 

उमेश खड्का, कलाकार 

मलाई यसभन्दा पहिलेका विश्वकपमा त्यति साह्रो चासो थिएन । यसपटकको विश्वकपलाई अघिल्ला विश्वकपको तुलनामा अलि बढी चासो दिएको छु । विदेशी खेलाडीहरूको बल खेल्ने तरिका मलाई निकै रोचक लाग्यो । फाइनलचाहिँ साथीभाइसँग रमाइलो गर्दै समूहगत रूपमा हेर्ने योजनामा छु । 

नवीन पौडेल, गायक

नक्सालस्थित स्टेसन फाइभमा हामी साथीभाइ सँगै बसेर हेर्ने योजना छ । 

प्रदीप भट्टराई, निर्देशक

उसिनेका परिकार अगाडि राखेर निद्रा नलागोस् भनेर दुई–चार बटा बट्टा छेउमा राखी मनमा मिल्ने आधा दर्जन साथीहरूसँग हेर्ने योजना छ । 

लोकराज अधिकारी, गीतकार 

घरमा परिवारका साथ रमाइलो गर्दै हेर्ने योजना छ । 

हरिमाया भेटवाल, साहित्यकार

यसपालीको विश्वकप फुटबलको फाइनल दरबारमार्गस्थित लाउन्जको ठूलो पर्दामा हेर्ने तयारीमा छु । 

शिव विक, नृत्य निर्देशक

म अलि पारिवारिक छु, त्यसैले घरमै ठूलो पर्दामा हजुरआमा, आमा, छोरी तथा श्रीमतीसँग बसेर हेर्छु । 

किशोर घिमिरे, गीतकार

प्रकाशित :असार ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्