विश्वकपका किपर ज्यानमारा नेपालका टिपर ज्यानमारा

- साप्ताहिक संवाददाता

असार ३०, २०७५

 

सामाजिक सञ्जालमा विश्वकप फुटबलसम्बन्धी प्राप्त प्रतिक्रिया :

अँ साँच्चै, ती होनहार आत्माहरू कहाँ गए ? जसले यसपालिको विश्वकप जर्मनी, अर्जेन्टिना, स्पेन वा ब्राजिलले जित्छ भनी टिएल जाम पार्थे ।

मनीष दाहाल

फिफा विश्वकप १९३८ मा जर्मनी ग्रुप चरणमै बाहिरिएको थियो र १९३९ मा विश्वयुद्ध सुरु भयो । ८० वर्षपछि फेरि त्यही इतिहास दोहोरिएको छ । अब तेस्रो विश्वयुद्ध हुनेवाला छ र जर्मनीलाई रसियाले साथ दिनेछ । 

उदय

विश्वकपका किपर ज्यानमारा नेपालका टिपर ज्यानमारा ।

झापाली स्वितिक

विश्वकप फुटबल सक्या हो र ? कोही बोल्दैनन् त ? कसले जित्यो ? केही थाहा पाइएन त ? 

सुदीक्षा भुषाल

फिफा विश्वकप ब्राजिलको पेवा हो र सधैंभरि जित्नलाई ? कहिले त अरू देशले नि जितको खुसीयाली मनाउन पाउनुपर्छ ।

महादेव भारती

डाक्टर देशका दलालविरुद्ध लड्दैछन् अनशन बसी, तर दु:खलाग्दो कुरा त हाम्रो देशमा यो छ कि डाक्टर केसी जसका लागि अनशनमा बसेका छन् ती युवाहरू भने आफूले सपोट गर्‍या टिमले विश्वकप जित्ला कि नजित्ला भन्ने चिन्तामा डुबेका छन् ।

दीपेन्द्र बिष्ट

ब्राजिल र उरुग्वे दुवै हारेपछि विश्वकप युरोकपमा परिवर्तन भएको छ ।

प्रमोद खरेल

विश्वभरिका राष्ट्रहरू खेल्नेलाई विश्वकप भनिन्छ । युरोपका देशहरू मात्र खेल्नेलाई युरोकप । विश्वकप अब युरोकपमा रूपान्तरण भएको छ । 

प्रदीप

ज्योतिष शास्त्रको एक नियमअनुसार यो सालको विश्वकप फुटबलमा फ्रान्सको गणित बलियो देखिन्छ ।

सुनिल सिटौला 

विश्वकप युरोकपमा घटुवा भा’छ क्यारे, त्यसैले होला खास टेस परिरहेको छैन । 

शिव दाहाल

रातभरिको अनिदोले ज्यान बिरामी । गर्नैपर्ने केही काममा अवरोध छ । त्यसैले अब विश्वकप नहेर्ने घोषणा ।

स्वीटी मगर

अब फाइनल चैं बेल्जियम र क्रोएसियाबीच भएको हेर्ने मन छ, मन भएर के गर्नु ? अधिकांश पण्डितहरू फ्रान्स र इङ्ल्यान्डको पक्षमा छन् ।

स्वतन्त्र दर्शक

प्रकाशित :असार ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्