खुश्बुको प्रतीक्षा

- साप्ताहिक संवाददाता

असार ३०, २०७५

अभिनेत्री खुश्बु खड्का यतिबेला उत्साहित छिन् । केही समयअघि नै अभिनय गरेको आफ्नो एउटा महत्वपूर्ण चलचित्र प्रदर्शन हुने निश्चित भएपछि यी सुन्दर अभिनेत्री खुसी भएकी हुन् ।

 

अभिनेता जीवन लुइँटेलसँग अनस्क्रिन रोमान्स गरेको चलचित्र ‘सुकुलगुण्डा’ साउन ११ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा उनी एक्सन प्याक भूमिकामा प्रस्तुत भएको निर्माता महेश मुडभरी बताउँछन् । 

यद्यपि निर्माता मुडभरीलाई भने यतिबेला तनाव छ ।

चलचित्रको प्रदर्शन मिति निश्चित भए पनि उनलाई निर्देशक मधुसूदन भट्टराई तथा अभिनेता जीवन लुइँटेलको साथ छैन । यता अभिनेत्री खड्का भने आफ्नो हालसम्मकै उत्कृष्ट भूमिका भएकाले यो चलचित्रले आफ्नो अभिनय करियरलाई माथि पुर्‍याउन अनुमान गर्दैछिन् । 

 

प्रकाशित :असार ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्