कायराको सुखमा तिमीसंगै सार्वजनिक

- साप्ताहिक संवाददाता

असार २९, २०७५

चलचित्र कायराको नयाँ गीत सुखमा तिमीसंगै सार्वजनिक भएको छ । साउन १८ गतेदेखि प्रदर्शन हुने उक्त गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत र केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । 

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सन को व्यानरमा निर्मित यो चलचित्रमा आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिष श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । 

राजकुमार भट्ट कार्यकारी निर्माता रहेको यो चलचित्रको निर्देशन लक्ष्मण रिजालले गरेका हुन् । चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्रको कथा अभिनेता सिग्देलले नै लेखेका हुन् भने केदार भुसाललले यसको पटकथा तथा संवाद लेखेका छन् । बनिष शाह तथा मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रका प्रविण सिंहको कोरियोग्राफी छ ।

कायराको उक्त गीत

प्रकाशित :असार २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्