विश्वकप फुटबल लाइभ@रेस्टुराँ

- साप्ताहिक संवाददाता

असार २९, २०७५

 

रसियामा जारी २१ औं विश्वकप फुटबल प्रतियोगिता अन्तिम चरणमा छ । चरणमा प्रवेश गरेको छ । विश्वकपको ट्रफी कसले उचाल्ला ? सर्वत्र चासो छ । ठूलो पर्दामा विश्वकप फुटबलको फाइनल लाइभ हेर्ने रहर धेरैलाई हुन्छ । काठमाडौं र उपत्यकाबाहिर धेरै लाउन्ज तथा रेस्टुराँले विभिन्न अफर प्रदान गर्दै विश्वकपको फाइनल हेर्ने व्यवस्था मिलाएका छन् । 

होटल याक एन्ड यति

दरबारमार्गस्थित होटल याक एन्ड यतिको पियानो बारले ठूलो पर्दामा विश्वकप फुटबलको फाइनल खेल हेर्ने व्यवस्था मिलाएको छ । पियानो बारमा एकैपटक १ सय २० जनाले लाइभ हेर्न सक्छन् । यहाँ सबैका लागि प्रवेश खुला छ । होटल याक एन्ड यतिकी पिआर एन्ड मार्केटिङ एसिस्टेन्ट म्यानेजर मार्सिया अधिकारीले दिएको जानकारीअनुसार २ हजार रुपैयाँभन्दा बढी रकम खानामा खर्च गर्नेहरूका लागि विभिन्न लक्की ड्रको व्यवस्था गरिएको छ भने कतार एयरवेजका तर्फबाट आउने–जाने टिकटसमेत जित्न सकिन्छ । 

प्रवेश : नि:शुल्क

स्थान : होटल याक एन्ड यति, दरबारमार्ग 

किङ्स लाउन्ज, दरबारमार्ग

दरबारमार्गस्थित किङ्स लाउन्जले विश्वकप फुटबल लाइभ देखाइरहेको छ । २०ह्११ फिटको एचडी स्क्रिनमा खेल हेर्दै लाइभ म्युजिक सुन्न सकिने यो लाउन्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल परिकारहरू उपलब्ध छन् ।

द नेस्ट, सात घुम्तीचोक, ठमेल

द नेस्टमा विश्वकप फुटबलको फाइनल खेल लाइभ हेर्ने व्यवस्था छ । यहाँ १ सय १० इन्च तथा १ सय ४० इन्चका दुईवटा प्रोजेक्टरमार्फत खेल हेर्न सकिन्छ । १ सय ५० जनाको क्षमतायुक्त द नेस्टको प्रवेश शुल्क १ हजार रुपैयाँछ । त्यसमा उपभोक्ताले आफ्नो रुचिअनुसार बियर वा जुस नि:शुल्क प्राप्त गर्नेछन् ।

स्काई लाउन्ज, हात्तीसार

स्काई लाउन्जले प्रोजेक्टरका माध्यमबाट विश्वकप फुटबलको फाइनल देखाउँदैछ । १ सय जनाभन्दा बढी अटाउन सक्ने यो लाउन्जले उपभोक्ताहरूलाई पेय तथा खानेकुरामा छुट दिने कुरा पनि बताएको छ । 

लायकु क्याफे, लाउन्ज एन्ड बार

वसन्तपुर, दरबार स्क्वायर परिसरमा अवस्थित लायकु क्याफे, लाउन्ज एन्ड बारले पनि प्रोजेक्टरमा विश्वकप फुटबलको फाइनल हेर्ने व्यवस्था मिलाएको छ । यो बारमा ३ सय जना अटाउने क्षमता छ । यसका साथै लायकु बारले पेय पर्दाथमा बाई टु गेट् वान फ्री अफर पनि दिएको छ । विश्वकप फाइनल हेर्नेहरूले खानेकुरामा पनि छुट प्राप्त गर्न सक्नेछन् ।

इम्पेरियल रेस्टुराँ, लाउन्ज 

एन्ड बार, बत्तीसपुतली

बत्तीसपुतली रोड, गौशालास्थित इम्पेरियल रेस्टुराँ लाउन्ज एन्ड बारमा पनि प्रोजेक्टर तथा टिभीमार्फत विश्वकप फुटबलको फाइनल खेल हेर्न सकिन्छ । यहाँ एकपटकमा १ सय ५० जना अटाउन सक्छन् । इम्पेरियलमा परिकारमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको बताइएको छ ।

एभोकाडो एन्ड अर्किड 

रिसोर्ट, हेटौंडा

हेटौंडास्थित एभोकाडो एन्ड अर्किड रिसोर्टमा एकै पटक डेढ सय जना बसेर विश्वकपको फाइनल हेर्न सकिनेछ । रिसोर्टका सबै कोठामा फुटबलकै लागि ठूला टिभी राखिएका छन् । 

प्याराडिसो स्पोर्ट्स बार, पोखरा

लेकसाइडस्थित प्याराडिसो स्पोर्ट्स बारमा विश्वकप फुटबलको फाइनल हेर्न सकिने व्यवस्था छ । यहाँ ४ सय ५० जनाभन्दा बढीले एकैचोटि खेल हेर्न सक्छन् । यसका लागि बारले ११ वटा स्क्रिनको व्यवस्था गरेको छ । बारको जुनसुकै कुनामा बसेर पनि फुटबलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । 

स्थान : प्याराडिसो स्पोर्ट्स बार, लेकसाइड

प्रवेश : नि:शुल्क

निर्भाना कन्ट्री क्लब, धरान

धरानको निर्भाना कन्ट्री क्लबमा एक पटकमा एक सय जनाले विश्वकप फुटबलको फाइनल हेर्न सक्छन् । यहाँ खानेकुरामा विशेष छुटको व्यवस्था गरिएको पनि क्लब जनाएको छ ।  

सोल्टी वेस्टेन्ड प्रिमियर, 

नेपालगन्ज

सोल्टी वेस्टेन्ड प्रिमियरको बारमा विश्वकप फुटबलको फाइनल खेल हेर्न ३ हजार रुपैयाँको प्याकेजको व्यवस्था गरिएको छ, जसमा फुटबल हेर्दै बियर, पिज्जा तथा अन्य स्न्याक्सको स्वाद लिन सकिन्छ । यहाँ झन्डै १ सय जनाले एकसाथ खेल हेर्न सक्छन् ।

ओजस लाउन्ज एन्ड क्लब, बुटवल

ओजस लाउन्ज एन्ड क्लबमा ३ सय जनाले विश्वकप फुटबलको फाइनल खेल १ सय २० इन्चको एलइडी स्क्रिनमा हेर्न सक्छन् । यो लाउन्जमा खानेकुरामा सर्भिस चार्ज तथा ट्याक्स लिइने छैन । विश्वकपकै लागि भनेर बनाइएको नयाँ मेनुको मूल्य पनि फाइनलको अवसर पारेर घटाइएको छ । 

अल्फ्रेस्को रेस्टुराँ एन्ड 

सूर्योदय गेस्ट हाउस, चितवन

सौराहाका विभिन्न होटल, रेस्टुराँ तथा रिसोर्टहरूले विश्वकप फुटबलको फाइनल हेर्न मिल्ने व्यवस्था मिलाएका छन् । त्यसैमध्ये एक हो अल्फ्रेस्को रेस्टुराँ एन्ड सूर्योदय गेस्ट हाउस । यहाँ एकैपटक ७० जनाले खेल हेर्न सक्छन् । यहाँ प्रवेश गर्न कुनै शुल्क तिर्नु पर्दैन ।

प्रकाशित :असार २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्