प्रेम कथामा आधारित बोबी

- साप्ताहिक संवाददाता

असार २९, २०७५

निर्देशक : मिलन चाम्स 

कलाकार : उमेश थापा, कविता गुरुङ, विजय लामा आदि । संगित : वसन्त सापकोटा, ताराप्रकाश लिम्बू

भागेर विवाह गरेका उमेश थापा तथा कविता गुरुङको प्रेम कथालाई पर्दामा उतारिएको चलचित्र हो— बोबी । सानै उमेरमा अन्तर्जातीय विवाह गर्दा उब्जिएका विविध परिस्थितिलाई चलचित्र बबीमार्फत यी दुई जोडीले दर्शकसामु ल्याउन लागेका छन्, जुन चलचित्र आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

 रियल लाइफको कथालाई रिलमार्फत दर्शकमाझ ल्याउने कुरा आफैंमा सहज नभए पनि यो चलचित्रले लाखौं प्रेमिल मनको चित्त बुझाउनेमा आफू ढुक्क रहेको बताउँछन्— अभिनेता उमेर थापा ।  यो चलचित्रको दृष्य नर्वे, काठमाडौं तथा पोखरामा खिचिएको हो । चलचित्र बोबीको लगानी २ करोडभन्दा माथि रहेको बताइन्छ ।

प्रकाशित :असार २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्