Teej banner

शिल्पाको विरांगना हलमा

- साप्ताहिक संवाददाता

असार २९, २०७५

निर्देशक : राजबहादुर साने कलाकार : शिल्पा पोख्रेल, अनुपविक्रम शाही, पृथ्वीराज प्रसाई, धिरेन शाक्य, सुनिलदत्त पाण्डे, शुशिल पोखरेल आदि । संगीत : दीपक शर्मा तथा पुरुषेत्तम न्यापाने ।

फोर्थ आई मुभिजले निर्माण गरेको चलचित्र विरांगना आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । नेपालको सीमा क्षेत्रमा हुने अवैधानिक गतिविधि तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न अनि शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाली नारीहरूले देखाउने वीरता यो चलचित्रको मुख्य विषय हो ।

 यो चलचित्रमा एक्सनमा समेत जोड दिइएको बताइन्छ । निर्देशक राजबहादुर सानेले नै लेखेको चलचित्र विरंगनाको छायाँकन हरि घले लामा तथा रामेश्वर कार्कीले गरेका हुन् । यो चलचित्रमा श्री श्रेष्ठको एक्सन हेर्न लायक भएको निर्माण पक्षको दाबी छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र विरंगना झन्डै डेढ करोडको लगानीमा तयार भएको हो । 

प्रकाशित :असार २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्