असार २९ देखि साउन ३ गतेसम्मको राशिफल

  • आज नेपाली भाषा दिवस, भानुजयन्ती
  • साउन १ गते : लुतो फाल्ने दिन, साउने संक्रान्ति, सूर्य दक्षिणायन

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

असार २९, २०७५

 

असार २९ गते : नेपाली भाषा दिवस, भानुजयन्ती । 

असार ३१ गते : विश्व युवा दक्षता दिवुस ।

साउन १ गते : लुतो फाल्ने दिन, साउने संक्रान्ति, सूर्य दक्षिणायन ।

 

मेष 

झन्झटिला काम आइलाग्दा मनमा निराशाले डेरा जमाउन सक्छ । योग, ध्यान एवं शारीरिक कसरतले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्‍याउनेछ । कुरा कम काम बढी गरे सार्थक उपलब्धि हात पार्न सकिनेछ । प्रेमिकाको झूटो आश्वासनमा पर्दा क्षति बेहोर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा घरायसी व्यवहारमा समय व्यतीत होला ।

वृष 

व्यवसायमा प्रबल नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछ । कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ महसुस होला । कार्यव्यस्तताका बाबजुद घरपरिवारका लागि पनि समय दिनुपर्ला । विपक्षीको छलकपट तथा जालझेलबाट भने सावधान रहनुपर्नेछ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ  ।

मिथुन 

सामान्य मनमुटावमै टाढि…एका प्रेमी–प्रेमिकाबीच विश्वासिलो वातावरण सिर्जना हुनेछ । आकस्मिक यात्रा हुन सक्छ  ।  तपाईंको मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् ।

कर्कट

आफ्नो प्रतिभाका कारण पुरस्कृत हुने योग छ । उथलपुथलपूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाउन केही समय कुर्नुपर्नेछ । मन मिल्नेहरूको विश्वासमा परी कार्य सम्पन्न गर्दा कतिपय काममा धोका हुन सक्छ । तथ्य कुरा पत्ता लगाउन सके विपरीत परिस्थितिको सामना गर्न सकिनेछ ।

सिंह 

नम्रतापूर्वक व्यवहार गरे तपाईंको विचारले समर्थन पाउनेछ । विदेश अध्ययनका लागि कदम चालिनेछ । नजिकका नातेदारले आफ्ना भनाइ नसच्याउँदा तिक्तता बढ्न सक्छ । मोबाइल, नगद वा गरगहना गुमाउन सक्ने सम्भावना भएकाले चनाखो रहनुहोला ।  

कन्या

लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार प्राप्त गर्न सकिनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । धैर्यताका साथ काम सम्पन्न गर्न सकिएला । टाढा भ…एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । 

तुला  

आम्दानीको दिगो स्रोत पहिल्याउन सकिएला । सवारी साधन खरिदगर्ने प्रक्रिया अघि बढ्नेछ । नाम र धनले चुनौती निम्त्याउन सक्छ । समय बलवान् भए पनि प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुपर्ने होला । मनोरञ्जनका क्रममा भेटिएमा मित्रहरूले तपाईंबाट फाइदा उठाउन सक्छन् । संयमित व्यवहारमा जोड दिनुहोला ।  

वृश्चिक 

पैतृक धन उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । विदेश जाने प्रक्रियामा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । प्रेमसम्बन्धमा सावधानी अपनाउन सक्नुपर्छ । पारिवारिक खिचातानीले आफ्नो काम ओझेलमा पर्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा ध्यान दिनुहोला ।  

धनु  

सरकारी सेवामा अवसर पाइनेछ । भूमि तथा सवारी साधन प्राप्त हुने सम्भावना टरेको छैन । स्थान परिवर्तनको संयोग जुट्न सक्छ । पारिवारिक सम्बन्धमा मिश्रित फल प्राप्त हुनेछ । सोमबारपछिका दिनमा पूर्वमित्रहरूसँग भलाकुसारी हुनेछ ।

मकर 

भविष्यको चिन्ताले सताउनेछ । मित्रहरूले समयको मूल्यलाई उपेक्षा गर्नेछन् । आशालाग्दा काम सम्पन्न गर्न सकिनेछ । विभिन्न यात्राको योग भए पनि त्यो लाभदायक नहुन सक्छ । मनोरञ्जनका क्रममा अपजसको सामना गर्नुपर्ला ।

कुम्भ 

साता खर्चिलो रहनेछ । प्रेमी वा प्रेमिकाका लागि पनि खर्च गर्नुपर्ने हुन सक्छ । कार्य क्षेत्रमा जिम्मेवारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । भ्रमणका क्रममा अत्यावश्यक खर्चको जोहो गरी राख्नु उचित हुन्छ । नीलो रंगले शुभ फल दिलाउन सक्छ । 

मीन 

व्यवसायले विदेशयात्राको अवसर जुटाउन सक्छ । मन ठूलो लगानीतर्फ आकर्षित होला । हितैषीहरूसँग पहिलेका कमजोरीहरू सच्याउँदै पुन: सुमधुर सम्बन्ध बनाउन सकिनेछ । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ । धेरैको प्रशंसा बटुल्दै अरूको मन जित्न सकिएला । समाजसेवातर्फ लागिनेछ । विशेष कामको जग बसाउन केही समय कुर्नुपर्नेछ ।

 

प्रकाशित :असार २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्