Teej banner

पुन: सँगसँगै अक्षय–जोन

- एजेन्सी

असार २८, २०७५

अक्षय कुमार तथा जोन अब्राहम २००५ मा प्रदर्शित चलचित्र गरम मसलामा एकसाथ देखिए । उक्त चलचित्रमा उनीहरूको अभिनयले प्रशंसकहरूको मन जित्यो । गरम मसाला धमाकेदार हाँस्य चलचित्र थियो । अहिले यी दुई अभिनेता पुन: सोही चलचित्रको सिक्वेलमा देखिने सम्भावना छ । 

बलिउडमा चलेको हल्लालाई मान्ने हो भने अक्षय र अब्राहम पटक–पटक गरम मसलाको सिक्वेल निर्माणका लागि छलफल गरिरहेका छन् । केही समय अघि मात्र अभिनेता जोनले संकेत गर्दै भनेका थिए, ‘अक्षयसँग गरम मसाला–२ मा काम गर्न मन छ । 

हामीबीच केही चरणमा कुराकानी समेत भएको छ । हामी उक्त चलचित्रलाई सम्झने बित्तिकै हाँस्न थालिहाल्छौं ।’ जोन र अक्षय दुवै कमेडी चलचित्रमा अभिनय गर्न मन पराउने अभिनेता हुन् । अब गरम मसलाको सिक्वेल बन्छ कि बन्दैन भन्ने कुराको निक्र्योल भने केही समय पछि नै होला ।

 

प्रकाशित :असार २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्