Teej banner

दिगो प्रेमका लागि

  • शिव परियार, गायक

- साप्ताहिक संवाददाता

असार २८, २०७५

 

 

 आफ्नो नजरमा परेकी युवती कस्ती स्वभावकी हुन् भन्ने कुरामा ध्यान दिएर मात्र अघि बढ्नुपर्छ ।

 आफ्नो ड्रिमगर्लको इच्छा, आकांक्षा, सपना सबै बुझ्नु पर्छ । 

युवतीसँग कसरी प्रस्तुत हुने भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी छ । राम्रो बोल्न तथा आत्मविश्वासी रूपमा प्रस्तुत हुन सकियो भने उनीहरू नजिक हुन सक्छन् । 

युवतीलाई आफूप्रति आकर्षण गर्न बोली, व्यवहारका साथै शारीरिक रूपमा सफा तथा आकर्षक हुनु पर्छ ।

अनावश्यक गफ गर्ने अनि ओभर स्मार्ट देखिने प्रयास गर्नुहुँदैन ।

सकेसम्म ढाँट्नु हँुदैन । फटाहा स्वभावका युवकलाई युवतीहरूले मन पराउँदैनन् । इमान्दार रूपमा प्रस्तुत हुनु पर्छ ।

युवतीले महत्व दिँदै गइन् भने भेटघाट सुरु गर्नुपर्छ । भेटघाटमा सरल र सिम्पल तरिकाले प्रस्तुत हुनुपर्छ ।

 साँच्चिकै मन परेको छ भने बिहानदेखि साँझसम्म फलो गरिरहनुपर्छ । गुडमर्निङदेखि गुडनाइटसम्मका एसएमएस गरिरहनुपर्छ ।

 सम्बन्धमा अलिकति प्रशंसा, अलिकति सुझाव, अलिकति माया, साथ अनि अलिकति केयरिङ हुनुपर्छ । 

 प्रेममा मित्रताले पनि ठूलो भूमिका खेल्न सक्छ, त्यसैले प्रेममा पर्नुअघि असल मित्रता गाँसियो भने त्यसले कसैलाई हानि पुर्‍याउँदैन । 

प्रकाशित :असार २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्