म्याराडोनाको महँगो समर्थन

- साप्ताहिक संवाददाता

असार २७, २०७५

विश्वकप हेर्न रूस पुगेका डिएगो म्याराडोना आफ्नो खराब आचरणका कारणले चर्चामा रहे । रंगशालामै सिगार तानेर होस् अथवा बीचको औंला देखाएर खुसी मनाएर होस्, उनी विवादमा आइरहे ।

अझ रमाइलो के भने उनले जुन–जुन टिमको समर्थन गरेका थिए, ती पराजित हुँदै गए । म्याराडोना अर्जेन्टिनी टिमको समर्थक त हुने नै भए, तर यही टिम अन्तिम १६ भन्दा अघि बढ्न सकेन ।

त्यसपछि म्याराडोनाले कोलम्बियालाई समर्थन गरे र उक्त टिमको जर्सी नै लगाएर मैदानमा पुगे । यद्यपि कोलम्बिया पनि पराजित भयो । म्याराडोना ब्राजिलका भने विरोधी हुन् र उनले नेयमारको चर्को आलोचना गरिरहेका छन्, तर के गर्नु अहिले यही टिमले राम्रो गरिररहेको छ ।

 

प्रकाशित :असार २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्