सान्चेजको तयारी

  • ठीक कि बेठीक ?

- साप्ताहिक संवाददाता

असार २७, २०७५

विश्वकप–२०१८ मा हेर्न नपाइएको सबैभन्दा ठूलो नाम मध्ये एक हो– एलेक्स सान्चेज । चिली छनोट नभएपछि सान्चेजको यसपटकको विश्वकप खेल्ने सपना तुहिएको थियो । अहिले उनी ब्राजिलमा छन् र आउने सिजनको तयारीमा छन् ।

सान्चेजको ताजा तयारी भने ब्राजिलका बीचहरूमा चलिरहेको छ, त्यो पनि आफ्नै प्रेमिकासँग । सान्चेजले आफ्नो यो तयारीका केही तस्बिर इन्स्ट्राग्राममा हालेका छन्, जसमा उनकी सुन्दर गर्लफ्रेन्ड मायात पनि देखिन्छिन् । तस्बिरमा मायातले लगाएको पोसाक पनि उत्तिकै आकर्षक देखिन्छ । यस्तोमा यो समाचार विश्व भरी छाउन समय नै लागेन ।

ठीक कि बेठीक ?

विश्वकप–२०१८ मा खेलाडीले प्रतियोगिता चलिरहेका बेला यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने विषय पनि चर्चा र विवादको विषय रह्यो । विश्व फुटबलमा यसका सम्बन्धमा दुईवटा मान्यता छन् । पहिलो, यौन सम्पर्क राखे हुन्छ अर्को, राख्नु हुँदैन । राख्नु हुँदैन भन्नेहरूको तर्क के छ भने– यसले खेलाडीको प्रदर्शनमा असर पार्छ । यौन सम्पर्कले खेलाडीलाई थकित तुल्याउँछ ।

हुन्छ भन्नेहरूको तर्क छ– यौनसम्पर्कपछि खेलाडीहरू तनावबाट मुक्त हुन्छन् । यस्तोमा यूएसए टुडेले लामै अनुसन्धान गरेर एउटा समाचार तयार पारेको छ । त्यसको निचोड छ, खेलाडीले प्रतियोगिताका क्रममा यौनसम्पर्क राखे हुन्छ, तर खेल भएको दिन यौनसम्पर्क नराख्नु नै राम्रो, त्यसको अघिल्लो रात गरिएको यौनसम्पर्कले भने केही फरक पार्दैन ।

प्रकाशित :असार २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्