सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार घोषणा

- साप्ताहिक संवाददाता

असार २६, २०७५

 

स्वर्गीय रंग पत्रकार सविन शाक्यको स्मृतिमा चलचित्र पत्रकारिता पुरस्कारको घोषणा भएको छ । चलचित्र समाचारका साथमा साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘फिल्मीखबर साप्ताहिक’ले ‘सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार’को घोषणा गरेको हो । 

३० बर्ष भन्दा बढी बिभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यको गत वर्षको असार २३ गते निधन भएको थियो । उनले करिव २५ वर्ष लामो जीवन चलचित्र पत्रकारितामा बिताएका थिए । उनको प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताएका छन् । 

१० हजार राशीको उक्त पुरस्कार हरेक वर्ष पत्रिकाको बार्षिकोत्सवका अवसरमा प्रदान गरिने भएको छ । 

 

प्रकाशित :असार २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्