Teej banner

विश्वकपका केही रोचक क्षण

- साप्ताहिक संवाददाता

असार २६, २०७५

विश्वकप जित्दा टिममा सर्वाधिक रहने खेलाडी ब्राजिलका पेले हुन् । सन् १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिलले जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी थिए । पेलेको नाममा विश्वकपमा कम उमेर १७ वर्षको उमेरमा गोल गर्ने र कम उमेरमा विश्वकप जित्ने खेलाडीको कीर्तिमान समेत छ । 

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मन खेलाडी मिरोस्लाभ क्लोस हुन् । ४ विश्वकप (२००२, २००६, २०१० र २०१४) खेल्ने क्रममा उनले १६ गोल गरेका थिए । क्लोसपछि सर्वाधिक गोल गर्ने खेलाडी ब्राजिलका रोनाल्डो हुन् । उनले ४ विश्वकप (१९९४, १९९८, २००२ र २००६) खेल्ने क्रममा १५ गोल गरेका थिए । 

जर्मनीले सन् १९५४ को विश्वकप जित्दा फ्रिन्ज र ओट्मर वाल्टर तथा इंग्ल्यान्डले १९६६ को विश्वकप जित्दा बबी र ज्याक चाल्र्टन दाजुभाइ टिममा थिए । 

विश्वकप छनौटका लागि भएको सबै १० खेल जित्ने स्पेन र जर्मनी मात्र हुन् । सन् २०१० को विश्वकपका लागि भएको छनौटमा स्पेनले तथा सन् २०१८ को विश्वकपका लागि जर्मनीले छनौट चरणका सबै खेल जितेका थिए ।

विश्वकप जित्दा सर्वाधिक उमेरका खेलाडी इटालीका डिनो जोफ थिए । इटालीले सन् १९८२ को विश्वकप जित्दा डिनोको उमेर ४० वर्ष थियो । 

विश्वकपको फाइनल चरणमा सर्वाधिक गोल अन्तरको जित–हार सन् १९८२ को विश्वकपमा हंगेरी (१०) तथा एल साल्भाडोर (१) बीच भएको थियो । 

एउटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी फ्रान्सका जष्ट फोन्टिन हुन् । सन् १९५८ को विश्वकपमा उनी एक्लैले १३ गोल गरेका थिए । 

 

 

 

प्रकाशित :असार २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्