अश्लेषाको दोस्रो

- साप्ताहिक संवाददाता

असार २६, २०७५

चलचित्र प्रेमगीत–२ को सफलतापछि अभिनेत्री अश्लेषा ठकुरी सामाजिक सञ्जालमा मात्र सीमित थिइन् । अहिले आएर उनलाई प्रेमगीत–२ कै ब्यानर आशुसेन फिल्म्सले नयाँ चलचित्रमा लिएको छ ।

निर्माता सन्तोष सेनले आफ्नो नयाँ चलचित्र ‘मेरी मामु’ मा अश्लेषालाई महत्वपूर्ण भूमिकामा प्रस्तुत गरेको बताएका छन् । 

चलचित्रमा अश्लेषाले सरुक ताम्राकारसँग जोडी बाँध्ने निश्चित भएको छ । यस क्रममा अश्लेषा तथा सरुकका आकर्षक तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भैसकेका छन् । 

बालमनोविज्ञान तथा आमा–छोराको सम्बन्धको कथा बोल्ने मेरी मामुमा अश्लेषा र सरुकसँगै बालकलाकार आयुब सेन तथा कुसुम गुरुङ आमा–छोराको भूमिकामा प्रस्तुत हुँदैछन् ।  

 

प्रकाशित :असार २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्