एक्सले ततायो टेक्सस

- शिव शर्मा

असार २५, २०७५

 

टेक्ससको अर्विङ स्थित टोयटा म्युजिक फेक्ट्रीमा शनिवार राती नेपाली  रक ब्यान्ड द एक्सले आफनो प्रस्तुतीले नेपाली दर्शकलाई उफार्‍यो । 

२५ वर्षको लामो संगीत यात्राका क्रममा पहिलो पटक कन्र्सटका लागी अमेरिका आएको ब्यान्डले दर्शकले  राम्रो साथ दिए ।  नेपसिने समर म्युजिकल फेस्टिबलमा ब्यान्ड नै पहिलो रोजाईमा पर्‍यो । रातको ८ बजे सुरु भएको कार्यक्रममा झन्डै मध्यरात हुदा प्रस्तुतीका लागी ब्यान्ड स्टेजमा उक्लिएको थियो । ब्यान्डका गायक शिव मुखियाले गला खोल्ने बितिक्कै कन्र्सटको माहौल तातिएर आयो । उनले ‘लुक्न देउ तिम्रो केशमा’ बोलको गीत गाउन सुरु गरेपछि भीड थामिन सकेन । दर्शकले उनी संगै गीत गाउँदै र नाँच्दै गर्न थाले । 

उनले लोकप्रिय गीत एउटा चिठीको सहाराले, चिया बारीमा...., सिमाना लगायतका गीत गाउँदा टोयटा म्युजिक फ्याक्ट्रीको हल गुन्जयमान बन्न पुग्यो । उनको प्रस्तुतीमा लठ्ठिएका दर्शक वान्स मोर भन्दै उफ्रिन थाले । केही गीत उनले दोहोराएर पनि गाए । उनलाई प्रस्तुतीमा गितारमा सजल भण्डारी र ड्रमरमा सुरेन्द्र श्रेष्ठले साथ दिए । 

पश्चिमा संगीतलाई  नेपाली संगीतमा फ्युजन गरी पप पारखीहरुलाई मन्त्रमुग्ध पारे ।   टेक्सससँगै ब्यान्डले अमेरिकाका अन्य सहरहरुमा पनि आफनो प्रस्तुती दिने आयोजक संस्थाका रायन  रेजले बताए । सन् १९९३ मा स्थापना भएको यो ब्यान्डले पप पारखीहरुलाई  नचाउँदै र मनोरञ्जन दिदै आएको छ । कार्यक्रममा सारंगीबाधक श्याम नेपालीले पनि सारंगीको धुनले कार्यक्रमलाई ओझिलो बनाए । त्यस्तै एफ वान ब्यान्ड तथा स्थानिय कलाकारले गीत नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रंगीन तुल्याएका थिए । 

                                       

 

प्रकाशित :असार २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्