Teej banner

मिस्टर भर्जिन टिजरमा

- साप्ताहिक संवाददाता

असार २५, २०७५

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक भएको छ । आगामी भदौ १ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल शिर्ष भूमिकामा देखिने छन् । यिनै ३ युवाले चलचित्रमा युवाको यौन मनोविज्ञानमा आधारित रहेर अभिनय गरेका छन् । 

वल्र्ड वाइड फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मार्फत विशारद बस्नेत निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रमा गौरव, विजय र कमलमणिका साथमा मरिष्का पोखरेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी रहेको चलचित्रलाई मिलन डी. काप्रीले सम्पादन गरेका हुन् ।

 

प्रकाशित :असार २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्