आफ्नो रोजाइको टिम पराजित हुँदा के गर्नुभयो ?

- महेश तिमल्सिना

असार २५, २०७५

 

म मेसीको व्यक्तित्वको प्रशंसक हुँ । खेलमा हारजित सामान्य हो, तर आफूलाई मन परेको टिमले जित्दा रमाइदो रहेछ तर हार्दा भने खेलाडीसँगै निराश भएको थिएँ । 

वसन्त थापा, गायक तथा संगीतकार 

म अर्जेन्टिनाको समर्थक हुँ । अर्जेन्टिना फ्रान्ससँग पराजित हुँदा केही नबोली बसेँ । केही घण्टा दु:ख लाग्यो, जसले गर्दा अरू खेल पनि हेर्न मन लागेन ।

बाबु बोगटी, गायक तथा अभिनेता

केही गरिनँ । जित्ने टिमलाई शुभकामना दिएँ अनि टेलिभिजन बन्द गरेर सुतेँ । 

प्रमोद खरेल, गायक 

साह्रै नराम्रो लाग्यो, तर के गर्नु खेलमा हारजित हुन्छ नै भनेर चित्त बुझाएको छु । 

स्वरूपराज आचार्य, गायक

फेसबुकमा रमाइला स्टाटस हालेर बसेँ । तैपनि अन्तिम चार मिनेटमा खेलेको खेल पहिल्यै खेल्नुपथ्र्यो भन्ने मनमा लागिरह्यो । 

नानी थापा, रंगकर्मी 

आफूले समर्थन गरेको टिम पछाडि पर्दादेखि नै आफैँ खेल मैदानमा गएर गोल हान्नुजस्तो भएको थियो । 

हरिहर अधिकारी, युवा ज्योतिष

राम्रो हुँदाहुँदै पनि जर्मनी पराजित भयो । आफूलाई मन परेको टिमले हारे पनि मलाई खासै केही भएन । यसपाली पुरानो टिमले भन्दा नयाँ टिमले विश्वकप उचालेको हेर्न मन छ । 

अमर न्यौपाने, साहित्यकार 

एकछिन दु:खी भएँ । खेलमा हारजित सामान्य हो भनेर आफूलाई कन्भिन्स गरेँ ।

कुमार कट्टेल, हास्यकलाकार 

म अर्जेन्टिनाको समर्थक हुँ, तर अर्जेन्टिना र फ्रान्सबीचको खेल हुने बेलामा म रेकर्डिङमा थिएँ, जसले गर्दा उक्त गेम हेर्न पाइनँ । पछि अर्जेन्टिनाले हार्‍यो भन्ने सुन्दा नरमाइलो लाग्यो, तर खासै प्रतिक्रिया जनाइनँ । 

राधिका हमाल, गायिका 

कुनै पनि खेलमा हारजित स्वाभाविक हो । हारले नै जितको पाठ सिकाउँछ र अब आउने दिनमा अझ बलियो बनाउँछ । अर्जेन्टिना फ्रान्ससँग पराजित हुँदा मैले कुनै प्रतिक्रिया जनाइनँ । अर्को विश्वकपमा अर्जेन्टिनाले राम्रो प्रदर्शन गर्नेछ भन्ने आशा राखेको छु । 

भुवन केसी, अभिनेता 

म स्पेनको समर्थक हुँ । यसपालि स्पेनको खेल जस्तो हुनुपथ्र्यो त्यस्तो थिएन, तैपनि आफूले समर्थन गरेको टिम पराजित हुँदा निकै चित्त दुख्यो । धेरै बेरसम्म दु:खी भएँ, तर क्रोएसिया र डेनमार्कको खेल हेर्न थालेपछि आफैं फ्रेस भएँ । 

प्रियंका कार्की, अभिनेत्री 

म अर्जेन्टिना समर्थक हुँ । अर्जेन्टिनाले पछिल्ला दुई खेल राम्रो खेलेको थियो, तैपनि फ्रान्ससँग पराजित भयो । आफूले समर्थन गरेको टिम पराजित हुँदा केही समय दु:खी भएँ अनि फेसबुकमा एउटा स्टाटस लेखेँ । 

योगेश भट्टराई, नेता, नेकपा 

अजेन्टिना फ्रान्ससँग पराजित हुँदा साह्रै नरमाइलो लागेको थियो, तर पछि पोर्चुगल पनि पराजित भएपछि भने सान्त्वना मिल्यो । 

हेमन्त शर्मा, गायक 

म जर्मनीको समर्थक हुँ । यसपटक जर्मनी समूह चरणबाटै बाहिरिँदा निकै दु:ख लाग्यो । त्यही भएर फेसबुकमा स्टाटस पनि लेखेँ । 

जुनु रिजाल, गायिका 

म सानैदेखि अर्जेटिनाको समर्थक हुँ, तर यसपालि अर्जेन्टिनाले राम्रो खेल प्रस्तुत गर्न सकेन, जसले गर्दा पराजित भयो । आफूले सानैदेखि समर्थन गर्दै आएको टिम पराजित हुँदा निकै दु:ख लाग्यो । यद्यपि मैले आफूलाई सम्हालेँ । अर्को पटकको विश्वकप अर्जेन्टिनाले जित्छ भन्ने आशा गरेको छु । 

ऋषि लामिछाने, निर्देशक 

म रोनाल्डोको फ्यान हुँ । म त्यतिबेला मोबाइलमा फुटबल हेरिरहेको थिएँ । पोर्चुगलको हारपछि मैले त्यो मोबाइल नै फ्याँकिदिएँ । 

प्रकाश सपूत, गायक

अर्जेन्टिना हार्दा मलाई मेसीको एकदमै माया लागेर आयो । 

प्रदीप पौडेल, नेता, नेपाली कांग्रेस 

 

प्रकाशित :असार २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्