विश्वकपका दर्शक

- साप्ताहिक संवाददाता

असार २५, २०७५

फिफा विश्वकप प्रतियोगिता टेलिभिजनमा सर्वाधिक दर्शकले हेर्ने प्रतियोगिता मानिन्छ । चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिता ३ अर्ब ५० करोड दर्शकले टीभीमा हेरेका थिए । यसपटकको कतिले विश्वकप हेर्छन् भन्ने एकिन तथ्यांक खेल सम्पन्न भएपछि मात्र आउनेछ । दोस्रो नम्बरमा विश्वप्रसिद्ध साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ आउँछ ।

उक्त खेल टीभीमा २ अर्ब ६० करोड व्यक्तिले हेर्छन् । तेस्रो नम्बरमा ओलम्पिक खेल छ । ओलम्पिक खेल टीभीमा करिब २ अर्ब व्यक्तिले हेर्छन् । चौथो, पाँचौं, छैटौं र सातौं नम्बरमा युएफा च्याम्पियन्स लिग, फिफा कन्फेडरेसन कप, एसियाली खेल तथा रग्बी विश्वकप पर्छन् । यी खेलका टिभी दर्शक क्रमश: १ अर्ब ७० करोड, १ अर्ब, ९८ करोड ६० लाख तथा ७८ करोड ९० लाख छन् । 

 

प्रकाशित :असार २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्