Teej banner

राति फुटबल हेर्दा तपाईंको दिनचर्या कत्तिको बिथोलिन्छ ?

- साप्ताहिक संवाददाता

असार २४, २०७५

त्यतो सारोचाहिँ बिथोलिएको छैन । किनभने २ बजेसम्म फुटबल हेरेर ७ बजे उठ्दा निद्रा पुग्छ ।

सागर

दिनचर्या त मज्जाले बिथोलिन्छ नि ! पढ्ने काम एकातिर अलपत्र पर्‍या छ । जागिर अर्कातिर अलपत्र छ । पारिवारिक समयमा त्यत्तिकै प्रभाव पर्‍या छ । डामाडोल भा’को छ नि । अझ समर्थन गरेको टिमले हार्ने हो कि जित्ने हो भन्ने तनावले हेरुन्जेल पनि दिमाग खराब, हेरिसकेसि नि दिमाग खराब । 

अर्जुन रिजाल

दिनचर्या बिथोलिँदा त त्यति फरक पर्दैन, तर जागिरसम्म दाउमा राखेर सपोर्ट गरेको टिमले गोल खाँदाचाहिँ मन सार्‍है बिथोलिन्छ हजुर †

भूमि लिम्बू

राति फुटबल हेर्दा बूढीसँगको सम्बन्ध बिथोलिइसक्यो, दिनचर्याको के कुरा गर्ने ?

फिरन्ते

बेला–बेला दिउँसै सपना देखिन्छ ।

विद्युत लामिछाने

२७ प्रतिशत बिथोलिएको छ ।

निबस

बिहानै कलेज जाँदा क्लास टिचरलाई पनि रेफ्री देख्न थालेको छु आजकाल ।

कार्की रोमन

भद्रगोल नै हुन्छ नि † के गर्नु ? नहेरूँ सोसाइटीमै नपरिने । तनाव छ हजुर तनाव ।

राजेन्द्र

दिनभरि ह्याङ भएर काम गर्नै जाँगर चल्दैन भन्या ।

गोपाल कल्पित

राति ड्युटी छ, खासै असर परेको छैन । दिउँसोचाहिँ फुटबलकै सपना देख्दै गोल भन्छु ।

मिलन बोहरा

कत्ति पनि बिथोलिँदैन ।

अन्तिम 

खासै बिग्रँदैन । मानिसलाई जति नै निद्रा भए पनि पुग्दैन, आफूबाट अल्छीपन कति हटाउने भन्नेमा भर पर्छ । २ बजे सुत्यो, ६ बजे उठ्यो ।

अशोक सुस्केरा

दिनचर्या होइन, स्वास्थ्य बिथोलिएको छ, क्यार्नु र बरै ?

तिलु बाबा

धेरै बिथोलिँदैन । २ बजे सुतेर ७ बजे उठ्दा निद्रा पुग्छ ।

मोहन पल

वास्तवमा भन्नुपर्दा सपोर्टिङ टिमले जिते त खासै असर पर्दैन, तर हार्दाचाहिँ दिनभरि थकान मात्र नभै तनावसमेत हुन्छ । त्यसमाथि सामाजिक सञ्जालको ट्रोल र म्यासेजले हैरान नै पार्छ । एनी वे चार वर्षमा एकपटक आउने विश्वकपका लागि कामलाई थाँति राख्दा पनि के भो र ? पूरै काममा पो असर पर्नु भएन । गेम हेर्नुहोस्, आनन्द लिनुहोस् । जसले जिते पनि दाजुभाइ–इष्टमित्रहरूबीच झै–झगडा नहोस् । पाँचपोखरी महादेवले सबैलाई सद्बुद्धि दिऊन् ।

दीपेन्द्र स्याङ्बो 

विश्वकप फुटबल चार–चार वर्षमा आउने भएकाले हेर्नैपर्‍यो । एक दिन काममा नगएको, जागिरै चट भयो सम्पादकज्यू ।

डल्ली कान्छी 

मलाई मन पर्ने टिम ब्राजिल हो । अरूको खेल खासै हेर्दिनँ । ब्राजिलको खेल हेरेको भोलिपल्ट चाहिँ अफिसको कुर्सीमै सुतिदिन्छु ।

रमेश मगर

धन्न आफ्नो चाहिं नाइट ड्युटी पर्‍या छ । नत्र कति कम्प्लेन आउँथ्यो होला ?

विशाल लिम्बू

मलाई त निद्रा नलाग्ने समस्या छ, त्यसैले केही फरक परेको छैन । यसपालिको विश्वकप गजबको भएको छ ।

अर्जुन पोखरेल

केही फरक पर्‍या छैन । कहिल्यै हेर्‍या भए पो फरक पर्नु ?

एचबी जिस

हाई काढ्यो बस्यो, बिथोलियो नि !

नारायण कार्की

थामिनसक्नु बिथोलिन्छ । 

एन्जेल गुरुङ

अनिदो बसेर हेर्नु न, कत्तिको बिथलिँदो रहेछ ? आफैं अनुभव बटुल्न पाउनुहुन्छ । 

फुच्ची साना

खासै समस्या छैन, अफिसमै सुतिन्छ भनौं भने सरकारी जागिर छैन । प्राइभेट सेक्टरको जागिर थाहै होला, कसरी बित्छ ?

रविन क्षेत्री

आफ्नो नित्यकर्मलाई असर पर्ने गरी त सामाजिक तथा राज्य हितका लागि मात्र अनिँदो बसिन्छ ।

राजन लोहनी

रातभर कराउँदै फुटबल हेर्‍यो, दिनभर हाई गर्दै अफिसमा झुल्यो । गजब हुँदैछ— विश्वकप ।

राजेन्द्र गौतम

रातभरि फुटबल हेरिन्छ अनि दिनभरि सुतिन्छ । त्यसैले आजसम्म चाहिँ बिथोलिएको छैन है ब्रो ।

कलियुगको वाल्मिकी

प्रकाशित :असार २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्