कुमार सानु आउँदै
असार २३, २०७५
भारतीय गायक कुमार सानु काठमाडौं बाहिर रुपन्देहीको मणिग्राममा प्रस्तुत हुने भएका छन् ।
ई फोर इन्टरटेन्मेन्ट, काठमाडौंको आयोजनामा भदौ १ गते रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा सञ्चालन हुने कन्सर्टमा कुमारले गीत सुनाउने आयोजक संस्थाका सीईओ दीपक घिमिरेले साप्ताहिकलाई बताए ।
लुम्बिनीको पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कन्सर्टमा गायिका देविका बन्दनाको समेत प्रस्तुति रहनेछ ।
प्रकाशित :असार २३, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्