बिजुली बत्ती बाल्ने भनेकै लाल्टिन खोज्ने बेलामा मात्र हो

- संकलक : जीवन भट्टराई

असार २३, २०७५

 

 

खडानन्दले विवाह गरे र घरमा नयाँ बेहुली भित्र्याए । यद्यपि उनी दोधारमा परे । नयाँ बेहुलीसँग के कुरा गर्ने ? के भन्ने ? के बोल्ने ? लगभग ४५ मिनेट सोचिसकेपछि उनी बेहुलीको छेउमा गए ।

खडानन्द : (बेहुलीको कानमा खुसुक्क) आज तिम्रो माइतका मान्छेलाई त थाहा होला नि ? आज तिमी यतै बस्छौ, फर्किंदैनौ भनेर ।

खडानन्दले गाउँको भतिजालाई बाटोमा भेटे ।

खडानन्द : ओहो भतिज, तँ 

त हलक्कै बढिछस्, ठूलो पो भइछस् त ।

भतिजा : के गर्नु त हौ अंकल, अरू कुनै अप्सन पनि त थिएन ।

खडानन्द कक्षामा

खडानन्द : सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला

को हुन् ?

एक छात्र : जुनको ताबेई ।

खडानन्द : अनि पहिलो पुरुष ?

बिर्खे : (एकछिन सोचेर) घामको ताबेई ।

खडानन्दकी पत्नी रोटी बेल्ने बेल्नाले खडानन्दको टाउकोमा हान्न झम्टिइन् ।

पत्नी : तिम्रो बुद्धि कहाँ घाँस चर्न गएको छ हँ ?

खडानन्द : हैन, किन ? के भयो फेरि ?

पत्नी : तरकारी किन्न जाँदा तरकारीतिर मात्र ध्यान देऊ, तरकारी बेच्नेवालीतिर होइन भनेर कतिपल्ट भनें, आज फेरि कीरा पर्‍या भान्टा बोकेर आयौ होइन ?

राती दुई बजेतिर खडानन्दलाई फोन आयो ।

खडानन्द : हेल्लो ! को हो ?

कल : हेल्लो खडानन्दजी, सुतिरहनुभा’को थ्यो कि क्या हो ?

खडानन्द : (रिसले) हैन हौ भाइ, म त कोमामा पो थिएँ त, फोन गरेर ज्यान बचाइदिनुभा’कोमा धन्यवाद है ।

खडानन्दको एउटा बिजनेस फर्म थियो । एकदिन एउटा सरकारी कार्यालयबाट कल आयो ।

कल : सर, तपाईंको प्यान नम्बरको डिटेल्स दिनुस् न ।

खडानन्द : ३ सय २० जर्दा, बाबा अलैंची, चमन बहार, कत्था अलि धेरै, चुना कम ।

खडानन्दकी पत्नी र छिमेकी ।

खडु पत्नी : आज त दिनभरि नै नेट चलेन ।

पार्वती : अनि के गरेर बस्यौ त दिदी ?

खडु पत्नी : बूढासँग गफ गरेर बसें, बिचरा, साह्रै मजाका छन् मेरा बूढा खडानन्द ।

खडानन्द : केही दिनदेखि तिमी एकदमै ओइलाएजस्तो लाग्छ, अनुहार पनि मलिन देख्छु नि, के भयो ? डाक्टरलाई देखाउनुपर्छ कि क्या हो ?

पत्नी : देखाइसक्या डाक्टरलाई ।

खडानन्द : के भन्यो 

त डाक्टरले ?

पत्नी : केही छैन, रगतमा ‘सपिङ’ को कमी मात्र देखियो रे !

खडानन्द एक दिन बेलुका ।

खडानन्द : ह्दयाघातले धेरै मान्छे मरिराख्या छन्, मेरो पनि मुटु भएको ठाउँमा एकदमै नराम्रोसँग दुखिरहेको छ, एम्बुलेन्सलाई फोन गरिहाल त छिटो ।

पत्नी : मेरो मोबाइलको ब्यालेन्स सिद्धिएछ, तिम्रो मोबाइलको पिनकोड भन त ।

खडानन्द : ए, ए, ए, ए ! लु भैहाल्यो, छोडिदेऊ, केही बिसेक भएजस्तो छ । 

खडानन्दको घरमा मिटर 

चेक गर्न विद्युत् प्राधिकरणका कर्मचारी आए ।

कर्मचारी : तपाईंको विद्युत्को मिटर जाँच गर्नु छ खडानन्दजी, चार–पाँच महिना भैसक्यो, तपाईंको मिटरमा जहिले पनि महिनाको १ युनिट मात्र देखाउँछ ।

खडानन्द : मिटर ठीकै होला हजुर, मैले बिजुली बत्ती बाल्ने भनेकै लाल्टिन खोज्ने बेलामा मात्र हो ।

गाउँकी युवतीसँग खडानन्दको भेट भयो ।

खडानन्द : छोरी, तिम्रो 

विवाह भैसक्यो ?

युवती : भैसक्यो त काका ।

खडानन्द : ए, अनि ज्वाइँ सा’प के गर्नुहुन्छ नि ?

युवती : पश्चात्ताप ।

खडानन्द ससुराली जाँदा प्राय: सधैं उही र एउटै खालका लुगा लगाएर जान्थे ।

सासू : ज्वाइँ घरमा तपाईंले लगाउने अरू लुगा छैन ? 

सधैं एउटै लुगा लगाएर आउनुहुन्छ त ?

खडानन्द : आमा, तपाईंको घरमा पनि त अरू चारवटी छोरी छन्, किन सधैं यही ठूलीलाई 

मेरो पछि लगाएर घर 

पठाउनुहुन्छ त ?

खडानन्दलाई ससुराले 

फोन गरे ।

ससुरा : के छ ज्वाइँसा’ब हालखबर ?

खडानन्द : मेरो कुरा छोड्नुस् बुबा, तपाईंको घरमा त अहिले एकदम ढुक्क, आनन्द र शान्ति होला नि होइन ?

खडानन्द र साथी ।

खडानन्द : पहिले–पहिले हाम्रो दिन टुथ पेस्टबाट सुरु हुन्थ्यो ।

हरिबोल : अनि अहिले नि ?

खडानन्द : अहिले कपि पेस्टबाट ।

प्रकाशित :असार २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्