Teej banner

आजबाट फ्राइडे

- साप्ताहिक संवाददाता

असार २२, २०७५

निर्देशक : अभिषेक डोगरा कलाकार : गोविन्दा, वरुण शर्मा, प्रभलेन सन्धु तथा डिगांगना सूर्यवंशी ।

बलिउडका स्थापित अभिनेता गोविन्दा लामो समयपछि चलचित्रमा फर्किएका छन् । उनी आज शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र फ्राइडेमार्फत कमव्याक गर्दैछन् । कुनै बेला सबैभन्दा धेरै हिट चलचित्र दिने अभिनेतामा गोविन्दाकै नाम आउँथ्यो । 

पछिल्ला केही वर्षयता भने उनी कमै चलचित्रमा देखिएका छन् । यसअघि आफूले अभिनय गरेको एउटा चलचित्र व्यवसायिक रूपमा असफल भएपछि गोविन्दा केही निराश भएका थिए । चलचित्र ‘फ्राइडे’ हास्यप्रधान भएको बताइएको छ । यो चलचित्र केही महिनाअघि नै प्रदर्शन हुने भनिए पनि विभिन्न कारणले प्रदर्शन मिति सर्दै आएको थियो । 

अधिकांश दृश्य भारतमै छायांकन गरिएको चलचित्र फ्राइडेलाई इनबक्स पिक्चर्स प्राइभेट लिमिटेडले निर्माण गरेको हो । यो चलचित्र अघिल्लो सातादेखि प्रदर्शनमा आएको चलचित्र सन्जुको मारमा पर्ने भारतीय चलचित्र पण्डितहरूको विश्लेषण छ । भारतीय चलचित्रको इतिहासमै सबैभन्दा राम्रो व्यापार गर्ने चलचित्रमा उक्लिएसँगै सञ्जुको चर्चा थप चुलिएको छ । 

प्रकाशित :असार २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्