इन्दिरामा परिवर्तन

- साप्ताहिक संवाददाता

असार २१, २०७५

नेपाल आइडलमा पुन: निर्णायक भएपछि गायिका इन्दिरा जोशीले आफ्नो व्यक्तित्वमा प्रशस्त परिवर्तन ल्याएकी छिन् । निर्णायक बन्नुअघि आइटम डान्सर तथा गायिकाको छवि बनाएकी इन्दिरालाई नेपाली साकिराको उपनामसमेत मिलेको थियो । 

यद्यपि अहिले आएर उनले आफ्नो गायन शैली, हाउभाउ तथा कन्सर्टको प्रस्तुतिमा समेत व्यापक परिवर्तन ल्याएकी छिन् । हालै युट्युबमा सार्वजनिक भएको रेलिमाई...गीतमा त इन्दिराको बिल्कुलै फरक रूप देख्न पाइन्छ । 

उक्त गीतको म्युजिक भिडियोमा समेत आफैंले अभिनय तथा नृत्य गरेकी इन्दिरालाई कुनै नायिकाभन्दा कम देखिएको छैन ।

गायक आर्जन पाण्डेसँगको उक्त युगल गीतको लोकप्रियताले इन्दिरालाई कन्सर्टका लागि एउटा नयाँ गीत त मिलेकै छ, राम्रो अभिनय गर्ने भएकाले अन्य गायक–गायिकाका गीतका म्युजिक भिडियोदेखि नेपाली चलचित्रकै लागिसमेत बाटो खुला भएको चर्चा चल्न थालेको छ ।

 

प्रकाशित :असार २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्