भरत राईको मनको चाहना सार्वजनिक

- साप्ताहिक संवाददाता

असार २१, २०७५

 

गायक भरत राईको एल्बम ‘चाहाना यो मनको’ सार्बजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि एल्बम सार्बजनिक गरिएको हो । एल्बमलाई बरिष्ठ साहित्यकार भुपाल राई, गायक राजेश पायल राई, व्यवसायी अलाईभ ग्लाईडर र संगीतकार महेन्द्र राईले सार्बजनिक गरेका थिए ।

एल्बममा ५ वटा गीतहरु समावेश छन् । चाहना यो मनको, लाहुरेको जिन्दगी, बुलेट चढेर, मैंले जस्तो आशु, तिम्रो याद लगायतका गीत छन् । एल्बमका गीतमा महेन्द्र राई, देवेश राई, टिकेन्द्र राईको संगीत रहेको छ । गीतमा मेलिना राई र नम्रता राईको फिमेल स्वर रहेको छ । 

कार्यक्रममा राजेश पायल राइले भरतको खुलेर प्रशंसा गरेका थिए । भरतको स्वर कर्णप्रिय छ त्यसैले यो क्षेत्रमा भरतको सम्भावना देखेको छु भन्दै शुभकामना दिएका थिए । 

त्यस्तै एल्बमका गीतहरुको समिक्षा गर्दै साहित्यकार भुपाल राईले पनि गीतका शब्द संगीत र स्वर अत्यन्तै मिठो रहेको बताएका थिए । 

प्रकाशित :असार २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्