नेपाली बोल्नै गाह्रो

- साप्ताहिक संवाददाता

असार २०, २०७५

माला लिम्बु कुशल नृत्यांगना हुन् । भन्नेहरू त उनलाई आइटल गर्ल नै भन्न रुचाउँछन् । चलचित्र पर्वको काले दाइ..गीतमा उनको नृत्यले धेरैलाई मोहित तुल्याएको छ । मालाको कम्मर मर्काउने शैली अनि गीतमै अभिनय गर्ने कलाको धेरैले प्रशंसा गरेका छन् । यद्यपि अभिनय र नृत्यमा अब्बल हुँदा–हुँदै पनि माला अभिनेत्रीका रूपमा भने स्थापित हुन सकिरहेकी छैनन् ।

 

उनलाई चलचित्रका निर्देशकहरू समेत आइटम गर्लकै रूपमा चित्रण गर्न रुचाउँछन् । यद्यपि नयाँ निर्देशक भीषण राईले भने मालालाई मुख्य भूमिकामा प्रस्तुत गर्ने घोषणा गरेका छन् । अघिल्लो साता घोषणा गरिएको चलचित्र पुरानो बुलेटमा मालालाई वर्षा शिवाकोटी तथा अनुप विक्रम शाही जत्तिकै प्रभावकारी भूमिकामा प्रस्तुत गर्न लागिको बताइएको छ । 

यहाँ उल्लेख गर्न लागिएको विषय हो मालाको नेपाली भाषासम्बन्धी दक्षता । चलचित्रको घोषणा कार्यक्रममा मालाले नेपाली बोल्ने क्रममा पसिना नै छुटेको स्पष्ट देखिन्थ्यो । नेपालीमा बोल्न गाह्रो भएपछि उनले माफी माग्दै भनिन्– माफ गर्नु होला, मेरो नेपाली राम्रो छैन । बलिउडमा कट्रीना कैफदेखि ज्याक्लिन फर्नान्डिजसम्मले हिन्दी भाषा सिकेर दर्शकको मन जितिरहेको बेला अभिनेत्री लिम्बू भने नेपाली भाषामै कमजोर भएको देखेर अचम्मित हुनेहरू धेरै भए । 

 

प्रकाशित :असार २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्